साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय सहमति

“छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ त्यही बेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नु भए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय वैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भाको छ ।” उहाँले भनिदिनु भो ।

Nepal Telecom ad

डा. टीकाराम पोखरेल :

“राष्ट्रिय सहमति भो ।” उनले भने । माफ गर्नुहोला, उहाँले भन्नुभयो । आजकल “उनी” भन्न पाइन्न, “उहाँ” भन्नुपर्छ भन्ने जान्दाजान्दै पनि लागेको बानी, जिब्रो जिप्टिहाल्यो ।

“कस्तो सहमति ?” पत्रकारले प्रश्न गरे । पत्रकारलाई चाहिँ “गरे” “भने” भन्न पाइने भएकाले जानीबुझी “गरे” ठोकियो ।

“को-को बीच सहमति भो ?” पत्रकार सम्मेलन भएकाले पत्रकारको त्यहाँ कमी थिएन । अर्का पत्रकारले फेरि सोधे । “राष्ट्रिय नेताहरू बीच सहमति भयो ।” उहाँले भन्नुभयो ।

“त्यहाँ सहमति गर्नेमा ‘लोकल लिडर’ आइ मिन स्थानीय नेता थिएनन् ? फेरि एक पत्रकारले अर्को कर्नरबाट प्रश्न सोधे ।

“हेप्ने ? राष्ट्रिय सहमति जस्तो विषयलाई पनि हेप्ने ? के प्रश्न हो यस्तो ? राष्ट्रिय सहमतिमा पनि काहिँ ‘लोकल लिडर’ हुन्छन् ? ‘लोकल लिडर’ त ‘लोकल सहमति’मा हुन्छन् । यति सामान्य कुरा पनि नबुझ्ने ? पत्रकार भएर के ‘नन्सेन्स’ प्रश्न गरेको ?” उहाँले राता राता आँखा पार्दै भन्नुभो ।

उहाँको अनुहार अलि रातो पीरो देखिएपछि प्रश्न सोध्ने पत्रकार अलि हच्किए । तर पत्रकार सम्मेलन न पर्‍यो अर्का पत्रकार प्रश्न लिएर अगाडि बढे- “के के विषयमा कुरा भयो त्यहाँ ? मतलब एजेण्डा के के थिए ?”

“एजेण्डा ! एजेण्डाको कुरो गर्नुभा’को तपाइँले ? हैन, के कुरा गर्नुभा‘को तपाईँले ? राष्ट्रिय सहमतिमा अरु के एजेण्डा हुन्छ ? राष्ट्रिय एजेण्डा बाहेक ? यो पनि कुनै सोध्न पर्ने कुरा हो र ?” उहाँले पत्रकारलाई नै प्रतिप्रश्न गर्नुभयो ।

“राष्ट्रिय एजेण्डामा छलफल चाहिँ के के भयो त ? ककसले के के मत राख्नुभो त्यहाँ ?” पत्रकारले उहाँलाई प्रश्न राख्न छोडेनन् ।

“एजेण्डा नै राष्ट्रिय भएपछि सबै राष्ट्रिय कुरा भए । सबैले एकमतले राष्ट्रिय कुरा राख्नु भो । तब न भयो राष्ट्रिय सहमति ।” उहाँले राष्ट्रिय शब्दमा जोड दिँदै भन्नुभयो ।

“यस्तो राष्ट्रिय सहमति कहाँ भएको हो ?” पुनः फ्लोरतिरबाट वैठकस्थलका बारेमा जिज्ञासा आयो ।
“यो सहमति राष्ट्रिय वैठकमा भएको हो ।” उहाँले भन्नुभो ।
“मतलब मैले वैठकस्थलको कुरा गरेको ?” पत्रकारले अलि प्रष्ट हुन खोजे ।
“राष्ट्रिय सहमति राष्ट्रिय वैठक कक्षमा भयो ।” उहाँले स्थानको बारेमा थप प्रष्ट पार्नुभो ।

“राष्ट्रिय नेताहरू राष्ट्रियताका विषयमा अब एकमत देखिएका हुन् त ? कि कसैको भिन्न मत पनि थियो ?” नेताहरू एकमत भए नभएको बारेमा बुझ्न खोजियो ।

“हो राष्ट्रिय नेताहरू बीच अभूतपूर्व राष्ट्रिय एकता भयो । सब एकमत छन्, मतलब राष्ट्रिय एकमत ।” उहाँले आफ्नो कोट मिलाउँदै भन्नुभो ।

“यो राष्ट्रिय सहमतिको कार्यान्वयन हुन्छ त ?” पत्रकारले कार्यान्वयनप्रति आशंका व्यक्त गरे ।

“यो पनि कुनै प्रश्न हो ? सहमति भएपछि कार्यान्वयन त भै हाल्छ नि । राष्ट्रिय सहमति राष्ट्रिय रुपमै कार्यान्वयन हुन्छ ।” कार्यान्वयनको प्रश्न उठाएपछि उनले अलिअलि मुख बिगारे पनि कार्यान्वयन हुने दलिल पेश गरे ।

“वैठकमा राष्ट्रिय सहमति कार्यान्वयन मोडालिटीको बारेमा पनि केही छलफल भयो कि ?”

“कस्तो कुरा गर्नुभाको तपाईँले ? सहमतिको कुरा भैर’को बेला कार्यान्वयन ‘मोडालिटी’को कुरा गरेर विषयान्तर नगर्नुस् न ? अहिले सहमतिको बारेमा मात्र पत्रकार सम्मेलन हो, त्यही कुरा गर्नुस् ।” उहाँले भन्नुभयो ।

“अनि कार्यान्वयन चाहिँ ?”

“फेरि उही कार्यान्वयनका कुरा ? ल सुन्नुस् ! कार्यान्वयनका लागि अर्को राष्ट्रिय कार्यान्वयन वैठक वस्छौँ, त्यसपछि भनौँला ।” उहाँले झर्किँदै भन्नु भो ।

“त्यसोभए राष्ट्रिय कार्यान्वयन वैठक कहिले बस्छ ?” उहाँ झर्के पनि पत्रकार छोड्नेवाल थिएनन् ।

“छिट्टै बस्छ । मतलब, जुन बेला बस्न आवश्यक पर्छ त्यही बेला बस्छ । कथाले मागेपछि बस्छ भन्ने बुझ्नु भए पनि हुन्छ । राष्ट्रिय कार्यान्वय वैठक बस्ने विषयमा पनि राष्ट्रिय सहमति भाको छ ।” उहाँले भनिदिनु भो । भनिदिनुभो यसकारण कि कार्यान्वयन विषयमा वैठकमा छलफल नै नभएकाले उहाँले बनावटी सहमतिको कुरा भनिदिनुभो ।

“त्यसोभए वैठकको निष्कर्ष चाहिँ के त ?” उहाँलाई अन्तिमतिर सोधियो ।

“वैठकको निष्कर्ष राष्ट्रिय सहमति ।” उहाँले हँसिलो अनुहार पार्दै भन्नुभो ।

“ओहो ! कुन विषयमा राष्ट्रिय सहमति ?” पत्रकारबाट प्रश्न आउँदै थियो ।

“ल आजलाई यति बुझ्नुस् ।” उहाँ उठ्नुभो र दौराको फेर मिलाउँदै बाटो लाग्नु भो ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
एक …विद्को बकपत्र

एक …विद्को बकपत्र

डा. टीकाराम पोखरेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x