साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो देश !

Nepal Telecom ad

गाउँमा जन्मे, पहरामा हुर्कें
थाहा थिएन कहाँ थियो मेरो देश
बढ्दै गएँ पढ्दै गएँ
हिमाल पहाड तराई रहेछ मेरो देश
हिमालमा झर्छ, पहाडमा बग्छ
तराईमा सिँचिन्छ मेरो देश
सपुत छोराहरू बीचैमा मारिन्छन्
कपुतहरूले शासन गर्छन् मेरो देश
महिला र पुरूष, धनी र गरीब बीच
अन्यौलमा रूमल्लिएको मेरो देश
युवाहरूलाई बिदेश धपाएर पितृ नेताले
रेमिटेन्स खाएर बाँचेको मेरो देश
बृद्ध आमाबालाई गाउँमा रूवाएर
सहरमा नेताहरूलाई हँसाउछ मेरो देश
धान उत्पादन कमी हुने भो रे यो वर्ष
लौका र स्कुस खाऊ भन्ने मन्त्री दिने मेरो देश
अरू त अरू के भन्नु पर्यो र खै
म जस्तो बकम्फूस व्यक्ति जन्माउने पनि मेरो देश !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x