सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मेरो देश !

Nepal Telecom ad

गाउँमा जन्मे, पहरामा हुर्कें
थाहा थिएन कहाँ थियो मेरो देश
बढ्दै गएँ पढ्दै गएँ
हिमाल पहाड तराई रहेछ मेरो देश
हिमालमा झर्छ, पहाडमा बग्छ
तराईमा सिँचिन्छ मेरो देश
सपुत छोराहरू बीचैमा मारिन्छन्
कपुतहरूले शासन गर्छन् मेरो देश
महिला र पुरूष, धनी र गरीब बीच
अन्यौलमा रूमल्लिएको मेरो देश
युवाहरूलाई बिदेश धपाएर पितृ नेताले
रेमिटेन्स खाएर बाँचेको मेरो देश
बृद्ध आमाबालाई गाउँमा रूवाएर
सहरमा नेताहरूलाई हँसाउछ मेरो देश
धान उत्पादन कमी हुने भो रे यो वर्ष
लौका र स्कुस खाऊ भन्ने मन्त्री दिने मेरो देश
अरू त अरू के भन्नु पर्यो र खै
म जस्तो बकम्फूस व्यक्ति जन्माउने पनि मेरो देश !
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही