साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्या छ सर्या छ

Nepal Telecom ad

कतै महिनै पिच्छे सर्या छ
कतै वर्षै पिच्छे सर्या छ
यो डेरा सर्नेले पनि
गर्नु गर्या छ ।

बिस वर्षमा
पच्चिस पटक सरियो
पच्चिस पटक सरेर
रजत जयन्ती नै गरियो ।

कतै ट्वाइलेट नमिल्ने
कतै बाथरूम नमिल्ने
कतै घरबेटी अपठेरा
कतै घरबेटीका
छोराछोरी कप्टेरा
कतै पानी धेरै चलायो भनी
घरबेटी कराउने
कतै घरबेटी छोरोले
ड्रम सेट बजाएर
दिक्क गराउने
कतै यो भएन भनी सर्या छ
कतै त्यो भएन भनी सर्या छ
यो डेरा सर्नेले पनि
गर्नु गर्या छ ।

कतै पानी नहुने
कतै पानी भए पनि
खानै नहुने
कतै छतमा जान नहुने
कतै पाहुना पनि
लानै नहुने
एक वर्ष नभैकन
फेरि पोको पुन्तुरो पार्या छ
बिरालोले बच्चा ओसारेको जस्तो
डेरा डुन्डी सर्या छ सर्या छ ।

एउटा दुईटा कोठामा
सामान राख्ने नहुँदा समेत
छोरीले पनि किनी ल्याको छ
बुढीले पनि किनी ल्याको छ
पोको पार्दा पनि थाहा हुने
कति सामान भ्याको छ
बोरामा हाल्यो तन्नामा बेर्यो
पोका पन्तरा टनाटन
हरेक पल्ट डेरा सर्दा
बुढीसङ्ग पर्छ भनाभन
तर के गर्ने
बोक्नै पर्या छ पोका दनादन
अरु कुनै कामै नभाको जस्तो
खाली डेरा सर्या छ सर्या छ
यो डेरा सर्नेले पनि गर्नु गर्या छ ।

कति समान ठोक्किने
कति सामान पोख्खिने
कति टुट्ने
कति फुट्ने
कति सुकाकै ठाउँमा
कति धारामा छुट्ने
यसको लेखाजोखा गर्यो भने
त्यो कहिले उठ्ने ?
खाली डेरा सर्या छ सर्या छ
यो डेरा सर्नेले पनि
गर्नु गर्या छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x