साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नै म !!

अझ तृष्णा भए ज्यादा मन नै बल्छ बारुद चिताका लासझैँ पड्की खरानी बन्छ आरुद ! पन्डुब्बीमा घिसारेर हिंसा बग्दछ सागर ज्वालामुखी धुवाँ धुम्म विनाश नाश जाँगर !!

Nepal Telecom ad

कलानिधि दाहाल :

म नै यो मन बाटोको म नै यो मन मन्दिर
म नै फराक चौडा यो म नै सुदूरको घर !
म नै विश्वास हूँ मेरो म नै मेरो मनोहर
मन गल्ली भए मेरो मन नै म छु फोहर !!

म परे जेलमा मेरो मन जाली म नै छु म
निस्किए बाहिरी मेरो मन नै मन डुल्छु म !
मन भोको रहे मेरो म नै भोकाउँने मन
जे हो हुने म नै हुन्छु रोगी निरोगको मन !!

ढाकिए मनमा वस्त्र म ढाकिन्छु सबै तन
मन न्यानो हुँदा हुन्नन् कुनै भौतिक बन्धन !
नाङ्गो होस् तनको चर्म मन नाङ्गो हुँदैन यो
तन ढाकौँ जता उत्ति मन न्यानो छुँदैन यो !!

कैयौँ छन् तनका भारी मनले आँसु झर्दछ
मन भारी भए आफैँ बाटोमा ढल्नु पर्दछ !
कैयौँ छन् भोकले ढल्ने कयौँ छन् शोकका तल
चेतना दीपमा कैयौँ बल्दछन् मन झल्मल !!

सपनाका भरी भारी मन नै दुख जल्दछ
मेरुदण्ड बनी स्वार्थी आफैँ यो मन ढल्दछ !
गर्छु के के भनी स्वाङ् बिस्कुनमा सुके मन
असैह्य दर्दका दाग थपिने हुन्छ क्रन्दन !!

नामका भोकले जल्ने मन जल्दछ हर्दम
भौतिक सोखमा खेल्ने मन जल्दछ हर्दम !
कर्म ठण्डा घुमे डण्डा मनमा घाउ लाग्दछ
मन शान्त मनै मेरो बुध्दत्व भित्र जाग्दछ !!

मोहदास बने मेरो मन नै जल्छ पल्पल
परिवार बने घेरा आँसुका बग्दछन् भल !
हिमाल ह्यूँचुलीजस्तै भए पवित्र यो मन
सहस्र कालका सीमा तोडी गुञ्जन्छ गुञ्जन !!

अझ तृष्णा भए ज्यादा मन नै बल्छ बारुद
चिताका लासझैँ पड्की खरानी बन्छ आरुद !
पन्डुब्बीमा घिसारेर हिंसा बग्दछ सागर
ज्वालामुखी धुवाँ धुम्म विनाश नाश जाँगर !!

मख्मली मनमा फक्रे सम्राट् यो मन विश्वको
ऐँजेरु मनमा अल्झे मन नै मृत्यु ईशको !
नभए मन आफैँमा मूर्तिको बन्छ मन्दिर
किरा बाँच्लान् बरू ज्यादा ढल्छ यो मनमन्दिर !!

०००
कलेकुटी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x