साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता हुन्छु

Nepal Telecom ad

न त धेरै पढ्न पर्ने न केही काम गर्न पर्ने
ठुला कुरा गरे हुन्छ,न सहिद झैं मर्न पर्ने
म आफ्नो मात्रै कुरा गर्छु,अरु बोले कान थुन्छु
चिन्ता नगर बा आमाले यही गुणले म नेता हुन्छु ।

म भित्र त खाँदमखाँद भरिएको छ स्वार्थीपना
अरुलाइ त भनेकै छु लड साथी निस्वार्थी बन
मै हूँ भन्नेलाइ नि थाहै हुन्न,म कस्तो जाल बुन्छु
चिन्ता नगर बा आमाले यही गुणले म नेता हुन्छु ।

लाखौंको कुरै नगर,करोडौं झ्वाम पार्न सक्छु
खेलाडी म कस्तो भने,बोलेरै जित्न हार्न सक्छु
त्यसैले त डाँकाहरूले मलाइ राम्रो भन्नछन् रे सुन्छु
चिन्ता नगर बा आमाले यही गुणले म नेता हुन्छु ।

आफ्नो स्वार्थ पर्छ भने म जति तल नि झर्न सक्छु
भोट माग्नलाइ देशभक्तको अभिनय नि गर्न सक्छु
हाँस्नेहरूको सामु हाँस्छु, रुनेहरूको सामु रुन्छु
चिन्ता नगर बा आमाले यही गुणले म नेता हुन्छु।

कुर्ची मैले पाम न मात्रै, जुको जस्तै टाँसिने छु
टिकाउन सत्तालाइ विरोधीसँग नि गाँसिने छु
मलाइ माथी लान्छन् भने बिदेशीको नि पाऊ छुन्छु
चिन्ता नगर बा आमाले यही गुणले म नेता हुन्छु ।
लाहाचोक– ५, पोखरा, कास्की
हाल : दोहा, कतार

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x