साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राहतको रामछाँया

Nepal Telecom ad

विधाता तुल्य भै दाता, मद्दतका निम्ती फैलिए ।
कुम्ल्याउ कसरी भन्दै, दुष्टका मन मैलिए ।।

राहतको खात कंै लागे, कतै छन् चाङ लाशको ।
पिउने खाने नहुँदा क्यै, छ झनै पिर बासको ।।

खोलेर दिलका द्वार, छाती पारी फराकिलो ।
सेवा सहयोमा लाग्ने, कयाैँ मानिस भेटियो ।।

लागेका क्वै निश्वार्थी भै,मौका सुकर्मको भनि ।
क्वै चर्चा नामका निम्ति, कनीका छर्दछन् गनि ।।

पीडा प्रकोपको खेप्दै, दूर दुर्गम छ आशमा ।
यता सुगमको स्वार्थी, थुपारौं भन्छ पासमा ।।

असन्तोषी संधै आतुर, आफू टन्न अघाउंदा ।
खुसी क्वै गाँस काटेर, अरुमा दिन पाउंदा ।।

के भनांै जात मान्छेका, लिप्त छ लोभ पापमा ।
चेतेन विपदाले नि, नपरुन्जेल रापमा ।।

छानोमानो नपाउने, भोकै छन् ती आहालमा ।
बलिया घर छ भन्ने नि, रमाई बस्छ पालमा ।।

विरामी बृद्ध, घाइते, सुत्केरी वाल गर्भिणी ।
कहर् कष्टले काट्दैछन्, दयालुका बनि ऋणी ।।

सबैको हाल उस्तै छ, कस्ले भन्ने कठेैबरी ।
घच्घघचाउँछ कम्पनले, जुनै वेला घरिघरी ।।

प्रतिक्षा ब्यग्रता साथ, गर्नुछ ब्याकुलै बनी ।
आउने कुन बेला हो ?, विपत्ती हाय ! लौ भनि ।।
कोशिदेखा– ७, काभ्रेपलाञ्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x