निर्मोही शङ्कर पाठकराहतको रामछाँया
विधाता तुल्य भै दाता, मद्दतका निम्ती फैलिए ।
कुम्ल्याउ कसरी भन्दै, दुष्टका मन मैलिए ।।
राहतको खात कंै लागे, कतै छन् चाङ लाशको ।
पिउने खाने नहुँदा क्यै, छ झनै पिर बासको ।।
खोलेर दिलका द्वार, छाती पारी फराकिलो ।
सेवा सहयोमा लाग्ने, कयाैँ मानिस भेटियो ।।
लागेका क्वै निश्वार्थी भै,मौका सुकर्मको भनि ।
क्वै चर्चा नामका निम्ति, कनीका छर्दछन् गनि ।।
पीडा प्रकोपको खेप्दै, दूर दुर्गम छ आशमा ।
यता सुगमको स्वार्थी, थुपारौं भन्छ पासमा ।।
असन्तोषी संधै आतुर, आफू टन्न अघाउंदा ।
खुसी क्वै गाँस काटेर, अरुमा दिन पाउंदा ।।
के भनांै जात मान्छेका, लिप्त छ लोभ पापमा ।
चेतेन विपदाले नि, नपरुन्जेल रापमा ।।
छानोमानो नपाउने, भोकै छन् ती आहालमा ।
बलिया घर छ भन्ने नि, रमाई बस्छ पालमा ।।
विरामी बृद्ध, घाइते, सुत्केरी वाल गर्भिणी ।
कहर् कष्टले काट्दैछन्, दयालुका बनि ऋणी ।।
सबैको हाल उस्तै छ, कस्ले भन्ने कठेैबरी ।
घच्घघचाउँछ कम्पनले, जुनै वेला घरिघरी ।।
प्रतिक्षा ब्यग्रता साथ, गर्नुछ ब्याकुलै बनी ।
आउने कुन बेला हो ?, विपत्ती हाय ! लौ भनि ।।
कोशिदेखा– ७, काभ्रेपलाञ्चोक
Subscribe
Login
0 Comments
Oldest






































