साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राज्य दिन्छन् यहाँ दर्जन

Nepal Telecom ad

बन्ला देश भनेर आहुति दिने योद्धा बने पज्जल ।
टुक्रा गर्न कहाँ थियो र सपना मान्छे थिए अव्वल ।।
तिन्कै नाम भजी यहाँ शहिदका गर्दा भए मर्दन ।
सिंगो राष्ट्र त चाहना छ जनमा दिन्छन् यहाँ दर्जन ।।१।।

देखिन्छन् अतिशक्त व्यर्थ झगडा ढाडे विराला सरी ।
खोज्छन् देश विगार्न मात्र कसरी नेता अगाडी परी ।।
जालो धर्म र प्रान्तको शुरुगरे जो माग फिक्का थिए ।
हाम्रो माग विकास केवल यहाँ सम्पूर्ण ढिक्का भए ।।२।।

हाम्रो देश विकासमा लगभनी भन्छन् यहाँका जन ।
वैधानिक् पथमा हिँडाउन पनी माग्छन् जहाँ कानुन ।।
यस्ता छन् विचरा पुरै जनता लाद्छन् अरे शासक ।
खाना माग्दछ प्रान्त पाउँछ हरे नेता रहे नासक ।।३।।

खाए देश सबै मिलेर यसरी भन्छन् यहाँ सज्जन ।
राम्रो काम गरे भनेर यिनले भन्दैन यौटा तक ।।
यस्ता रीत गरेर बन्छ कसरी नेपाल सभ्रान्त खै ।
नेपाली कन अन्यका मुलुकले हेर्ला कसोरी ठिकै ।।४।।

कैले सुन्छु भयो अरे सहमती यो देश टुक्रा हुने ।
फेरी सुन्छु सबै मिलेर चिरियो टुक्रा छिमेकी छुने ।।
गल्तीरैछ हिजो र आज सचिने देखिन्छ है लक्षण ।
भन्दै अन्य गरिन्छ रे सहमती लाजै नमानी कन ।।५।।

आठै वर्ष वितेछ सम्झि रहँदा यो राज्य बन्ने कथा ।
भोली मिल्छ सबैकुरा भनि गरे झुट्टा कुरा सर्वथा ।।
वित्यो काल यहाँ पुरा शुभ घडी आएन कैल्यै पनि ।
मान्छे पर्खिरहे नयाँ दिनहरु चिप्ले ती जैल्यै पनि ।।६।।

एकै राष्ट्र भएर के दुख हुने वाँडेर के हुन्छ खै ।
खाली रीस बढेर जान्छ झगडा भैदिन्छरे प्रान्तमै ।।
आएमात्र विधान नयाँ किसिमको नेपाल टुक्रन्छकि ।
भन्ने त्रास लिएर यहाँ डरले बस्छन् गरी थक्थकि ।।७।।

वाँड्ने मन हुन्छ यो मुलुकको सोचेर टुक्रा गर ।
खोजी विज्ञहरु खुशी जनहरु मानेर तिन्को भर ।।
आफैगर्छु भनेर उठे यि जनता आगोबनी बल्दछ ।
कस्तो भो अव राजनीति घरका देखेर नै जल्दछ ।।८।।

छाडी देउ विधानका हरफमा तिम्रा सबै गन्थन ।
नेताभै वस देशभित्र नहिँता चल्दैछ आन्दोलन ।।
राम्रो दिन्छ नयाँ सुझाव जनता ल्याएर लेख्ने गर ।
बन्यौ खास दिएर भोट तिनले नेता भयौ भर्खर ।।९।।

पार्टी शक्ति अपार ठान्छ जसले नेता हुँदै होइन ।
ठूलो शक्ति तिनै महान जनता भन्ने विचारीकन।।
राम्रोलेख विधानमहाँ नविनता सम्मान पाईन्छ रे ।
राम्रा भाव समेटिने गरि बने नेपाल बन्ने छ रे ।।१०।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x