साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुहोस् बन्द सफल पारौँ !

Nepal Telecom ad

सबैले हात हातमा भाटा
तयार पारौँ
बाइकमा आउनेहरूलाई
बाइकबाट झारौँ
अलिअलि लछारौँ
अलिअलि पछारौँ
गर्दन समातेर लघारौँ
भाटाले बाइक फुटाइदिउँ र
बाइकवालालाई पनि बजारौँ
यहाँ जनजातीले अधिकार पाएकै छैन
उसले अस्पताल जान पाउँछ?
यहाँ भनेजस्तो राज्य पाएकै छैन
ऊ बाइक चढेर जागिरमा जान पाउँछ?
यस्ता प्रतिक्रान्तिकारीको
कान बेस्सरी बटारौँ
आऔँ बन्द सफल पारौँ !
पेट्रोल तयार पारौँ
सलाई ठिक्क पारौँ
ट्याक्सी आयो भने रोकिदिउँ
ट्याक्सीवालालाई टाउको फुट्नेगरि ठोकिदिउँ
ट्याक्सीमा विदेश हिँडेको युवा हुनसक्छ
छटपटाइरहेकि गर्भवती हुनसक्छ
सबैलाई झपारौँ
ट्याक्सीबाट उतारौँ
उसले आफ्नै जातको मात्र जनसंख्या बढाउन
बच्चा पाउन पाउँछे ?
विदेशको गुलामी गरेर कसैले
पैसा कमाउन पाउँछ ?
यस्ता सामन्ती पुँजीबादिलाई बेस्सरी हपारौँ
आगो लगाएर ट्याक्सी ह्वारह्वार्ती बालौँ
र बन्द सफल पारौँ !
आऔँ
स्कुल, कलेज,
कलकाराखाना
बजार, सडक र देश
सबै ठप्प पारौँ
आखिर खोलेर के नै हुन्छ र !
जब बन्द छ सबैको मानसिकता
ठप्प छ चेतना अनि
हराइसकेको छ मानवता
बिदा मनाएर टन्न खाऔँ
अनि दिनभरि सुतेर डकारौँ
यसरी सबैले बन्द सफल पारौँ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x