साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दोष

Nepal Telecom ad

तिमीले ‘म’लाई नचिन्नुमा तिम्रो दोष होईन
तिमीले ‘म’लाई नगन्नुमा तिम्रो दोष होईन ।

गाउँबाट शहर पसी, केही जान्ने भयौ तिमी
घमण्डले फुर्की मात्तिनुमा तिम्रो दोष होईन ।

‘साम–दाम’ मै आफ्नो नामको प्रचार गराउँंदै
घमण्डले मतान्धो हुनुमा तिम्रो दोष होईन ।

‘धन सिं’ तिम्रो नाम, दरिद्रताका धनी भयौ
‘लाश’ कै दाममा झम्टिनुमा तिम्रो दोष होईन ।

‘घर’कीलाई छायाँमा राखी, बाहिर दायाँ बायाँ
‘पराई’का नाम उकास्नुमा तिम्रो दोष होईन ।

सँधै एकै हुन्न ’समय’, सिकाउँछ प्रकृतिले
प्रकृतिको संदेश नकार्नुमा तिम्रो दोष होईन ।

भेदभाव पूर्ण व्यवहार, तिम्रो परिवेशमा
’त्याँ’ ’मेरो’नाम छुटाउनुमा तिम्रो दोष होईन ।

तिमीले ‘म’लाई नचिन्नुमा, तिम्रो दोष होईन
तिमीले ‘म’लाई नगन्नुमा, तिम्रो दोष होईन ।
ज्ञानेश्वर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x