साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहिद मन्डी

Nepal Telecom ad

मधेशी मोर्चाको पूरा पचास लखिया ‘स्कीम’ लाई क्रान्तिकारी छलाङ होइन भन्नेहरूसँग हामी सबै मिली लड्न तयार हुनुपर्छ, क्यों की नेताहरूको ‘स्कीम’ ले शहादतको विश्वव्यापी परिभाषामा भयंकर उथलपुथल ल्याउने निश्चित छ । यस्तो आइडिया फुराउने विलक्षण भेजालाई सर्वप्रथमतः कोटि–कोटि नमन् गर्दै कुरौटो अगाडि बढाउँछु ।

कतिलाई लाग्दो हो, देशको माटोसँग कौनै लेनादेना नभएपछि राजनीति कमाउ धन्दा बन्छ । धन्दा नाफामा टिकेको हुन्छ । बिजनेस मेसिनरीको हरपुर्जालाई विलो पुर्याउँदै असली मालको मूलभागलाई अन्दर गर्नु कुशल व्यापारीको खासियत हो । तर, राजनीतिका व्यापारीहरूले शहादतको मूल्य तोकेको भन्दै बौलाउने जुन बेवकूफी भइरहेको छ, त्यो नगरम् । खासमा, देश निर्माणमा रगत बगाउने पुर्खाहरू महामूर्ख थिए। बुद्धि भएको भए ती मूर्ख मनुवाहरूले प्राण आहुति गर्नुअघि आफ्नो ज्यानको कुछ न कुछ मोलाहिजा गर्ने नै थिए । जहाँसम्म राष्ट्रप्रेम, त्याग, तपस्या, बलिदान जस्ता कुरा छन्, ती सब भ्रमका पुरिया हुन् । दुनियाँमा शाश्वत सत्य कुनै छ भने निसन्देह रूपमा त्यो दमडी अनि केवल दमडी हो । अँ त, बिरल घोषणाबाट खोलिएको शहीद मन्डीको मेसो पाउने लालचले म पनि यसको हस्ताक्षरकर्ता मध्येका एक नेताको घरमा ढिम्किएँ । उनी मेरा पुराना दोस्त पनि थिए । झेपडपट्टीको बीचमा अग्लो पर्खालले घेरिएको सुरक्षित भवनमा आराम फर्माइरहेका दोस्तले सोधे, “की बात ?”
“की बात होइन, क्या बात ! तपाईंको तिर्ताले खोपडीको कायल भएँ, दोस्त !” “तिमी पनि सहिदको आवेदन लिख्न आएको ? लेकिन, लोटरी लागेमा पिच्चीस प्रतिशत कमिसन काट्छु । पिछे गएर ‘डील’ मे लफडा माग्दैन, अभि बुझनु !” “होइन, होइन”, मैले पर्सेको बोकोले झैं मुन्टो हल्लाएँ, “तपाईं जस्तो जनप्रिय नेताले सुसेल्नासाथ हजारौंको हूल सडकमा ओर्लिने देखल हुँदाहुँदै यस्तो फिदायिन ललिपपको दरकार किन पर्यो भन्ने जिज्ञासा मेट्न आएको छु ।”

“मुर्गी पकड्न चारो हालेर ‘आ रे, आ रे’ नगरी हुन्न, बल्छीमा मछली फाँस्न पनि कुछ कीरामकौडा डाल्नै पर्छ ।”, नेताजी बोले, “चुनावमा जनता सबले लप्पु खिलाइ हाले, उता बड्के साहबसे आन्दोलन उठाउने उर्दी आईगयो । दिल मचमच भइरहेको वेला हामीसँग और कुछ चारा नै भएन रे !” “यस्तो बम्पर पकड्न आफ्नै धियापुतालाई अघि लगाउने होला, दुःखीजनले त के पाउलान् र !” मैले ओठ बिगारें ।
“थोडी मैले शहीद बनाउन छोरो जन्माएछु ? मेरो बेटा विदेशमा पढ्दैछ, जवानीको लुफ्त पनि उठाइरहेछ । पछि लौटेर पिताजीको रियासत सम्हाल्नुपर्दैन, उसले ? उसको बाउसँग रोकडाको कमी छ र शहीद बन्छ ?” आवेशमा आएर दोस्तले खल्ती फर्काउँदा बापूजीको तस्वीरअंकित हरियाली असरल्ल छरियो ।
“अघिल्लो मधेश आन्दोलनको शहीद परिवारहरूको त तपाईंहरूले बहुतै बढिया रेखदेख गरिरहनुभएको होला !” मैले प्रसङ्ग बदलें ।
“छोडिलिनुस् यार !” दोस्त झुन्जुलाए, “रात गयी, बात गयी !”
“तपाईंले भनेजस्तो प्रदेश बनेपछि मधेशका जनताले प्रादेशिक चुनावमा फेरि तपाईंहरूको माथामा उबल्ते पानी खन्याए भने यो उधारो बाचा बुर्ती खातामा चढ्छ कि घोषणामा हस्ताक्षर गर्ने महारथीहरूको गुप्ती धन र घरखेत दामासाही गरिन्छ ?”

“कस्तो पाजी गफ करिलिन्छौ, काजी ?” दोस्त बिच्किए, “यो बाढ तरिलिऊँ पहिले, आगे देखा जाएगा !”
”यस्तो हलालनामा जारी गर्नु एउटा लोकतान्त्रिक मोर्चाको निम्ति ठीक बात भएन भन्दैछन् त जानिफकारहरू !” मैले आशंका राखें ।
“लोकतान्त्रिक आचार विचारको अचार डालौं म ?” दोस्त अधीर भए, “नाममा गडबड भैगए परलोकतान्त्रिक मोर्चा राखौंला, लेकिन बिजनेसमा नुक्सान हुनु त भएन नि भैया !”

दोस्तको गुस्सा देखेर म झ्ट्पट् बाहिरिएँ । शहादतको आपूर्ति पक्ष कमजोर भएर ‘स्कीम फ्लप’ भएमा दोस्तले बजारको नियम मुताविक कबोल रकम बढाउनेमा शंका भने रहेन । अङ्गभङ्ग हुने, खप्पर फुट्ने र टुटुल्को उठ्नेहरूको लागि पनि बबाल वैकल्पिक अफर आउला नै । एउटै नमजा– पचास लाखे योजनाबाट यसका रणनीतिकारहरूको परिवारजनलाई चाहिं लाभान्वित हुनबाट बञ्चित गरिएको रहेछ ।
हिमाल खबरपत्रिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x