साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भैरव सरको दौरा-सुरुवाल

अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको प्रतिनिधित्व गर्नुपर्दा केही पनि नलगाउने । देशभित्रकै औपचारिक समारोहमा कसैले पोसाक लगाउने दुस्साहस गरेमा नाङ्गेझार पारिदिने ।

Nepal Telecom ad

महेश थापा :

अर्याल सरको कटाक्षबाट यमलोक अस्तव्यस्त बन्न पुगेछ । अप्सराहरू बूढावरिपरि झुम्मिएर देवगणको खप्की सुन्नुपर्ने अनि कार्यसम्पादनको क्रममा तलबितल भएमा लेखेर छारस्ट पारिदेलान् भन्ने डरले थर्थरी काँपेका चित्रगुप्तले मान्छेहरूको बहीखाता अझ गडबड पार्न थालेपछि यमराजको जागिर धरापमा परेछ ।

“केही दिनका लागि तिमी देशदर्शनमा जाउ, भैरव ।” बहीखाता दुरुस्त नहोउन्जेल निजात पाउने मनसुवाबाट खुसामदको शैलीमा यमराजले भने । हातमा कोर्रा लिएर भरुवाको छर्राझै गालीको पर्रा छाड्न अभ्यस्त यमराजको मृदुस्वरबाट शङ्कालोकको लङ्का सल्किए पनि खबरीलालहरूबाट गाइँगुइँ सुनेको नयाँ नेपाल हेर्ने कुत्कुती थेग्न नसकेपछि भैरव सर यमदूतका साथ मर्त्यलोक रवाना हुनुभो ।

झलमल्ल घाम लाग्या बेला भैरव सरको आत्मा संविधानसभा भवन प्राङ्गणमा अवतरित भयो । दौरा-सुरुवालमा ठाँटिएका पुरुष, अनि चटक्क मिलाएर साडी-चोलो लगाएका महिलाहरूको लस्कर देख्ता एकछिन विश्वासै भएन । टाईसुटमा भादगाउँले टोपी सिउरिटोपलेर कुनै इन्डोनेसियाली जस्तो देखिन पुगेका हाम्रा नेताले राष्ट्रको प्रतिनिधित्व गरेको तर्फ इङ्गित गर्दै यमलोकमा विदेशी आत्माहरूले खिल्ली उडाउँदा लागेको घाउ भरिएको अनुभूत भयो ।

००७ साले परिवर्तनको फेरामा आएको आधुनिकताको हावाबीच शहर बस्ने दाजु प्रजातन्त्राचार्यले मागिपठाको दौरा-सुरुवाल खोपीमा थन्क्याउन मात्र नपठाइदिने निधोमा पुग्नु आफ्नो ठूलो भूल भएको भन्दै हुनु ग्लानि भयो । स्यालहुइयाँ मच्चाउनेहरूको अगुल्टो-हिर्काइबाट सातो गएका नेताजीहरूले बिजुली चम्कन छाडेको साइत जुराएर धरमर-धरमर गर्दै दौरा-सुरुवालमा घरबाहिर निस्कने हिम्मत जुटाएका हुन् भन्ने छनक पाएको भए बूढाको आत्माले के ठान्थ्यो कुन्नि, तर माननीयहरूले पहिरिएको देख्दा आङ सकसकाएर आएपछि कुप्री आमैको सन्दुकमा थन्क्याएको त्यही दौरा-सुरुवाल झिकेर झटपट उनिहाले ।

भट्किरहेको एउटा दुःखात्माले भैरव सरको रङमा भङ्ग गर्दै कानैमा आएर फुसफुसायो- ‘धेरै नमच्चिनुस् लेखक महोदय, कतिबेला थच्चिनुपर्छ भन्ने ठेगान छैन । माननीय र ताननीयहरूको देखासिकी औताएर पहिरिहाल्यौ, हाननीयको फन्दामा पन्यौ भने दोजात्रा गराउलान् ।’

खुस्केट आत्माको कुरो बुझिएन भन्दै अघि बढ्नै लाग्दा तल सभाभवनबाहिर खैलाबैला सुनियो ।

मुहार र हातको संयोजनमा छटाकको इसारासहित भीडबाट चटपटलाल झटपट अघि सर्दै भने- ‘यो वर्चस्ववादी पहिरन लाद्ने प्रदर्शनमुखी राजनीति हो । पुरानो नेपाल फर्काउने पोसाक बहिष्कार गरौँ ।’

‘अर्थोक जेसुकै लगाउँदा प्रदर्शनमुखी नहुने, छोइछिटो नै गर्नपर्ने यस मौलिक पोसाकको बिराम के होला ? कसैले हिम्मत जुटाएर सोध्यो ।
‘विश्वव्यापीकरणको जुगमा यस्तो मौलिकताले मित्रु रिझाउन सकिन्न ।’ सुटधारी घनटाउकेले अङ्ग्रेजी भाकामा खोके ।

‘यो दौरीलाई लौरी नलगाई हाम्रो पहिचान नजोगिने भो ।’ दुई अम्मलको कपडामा सजिएर नाभिस्थलमा बुलाकी धारण गरेकी मैयाँ कराइन् ।

‘विभिन्न जातीय समुदायको पहिचान झल्कने अलग पहिरन भएझै अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको पहिचान झल्कने औपचारिक पोसाकका रूपमा परम्परालाई निरन्तरता दिँदा के बिग्रिजाला ?’ एक बुज्रुक बोले ।

तिम्रा औपचारिक, हाम्रा चाहिँ अनौपचारिक ? यसो भन्दै मल्लयुद्ध सुरु भयो । लुछाचुँडीका दौरान सबै अर्धनग्न बन्न पुगे । टहल्दै गरेका विदेशी पर्यटकको मध्यस्थतामा सहमति बन्यो- अन्तर्राष्ट्रिय मञ्चहरूमा राष्ट्रको प्रतिनिधित्व गर्नुपर्दा केही पनि नलगाउने । देशभित्रकै औपचारिक समारोहमा कसैले पोसाक लगाउने दुस्साहस गरेमा नाङ्गेझार पारिदिने । भैरव सरले स्वीट्जरल्यान्डको पहाडी क्षेत्रतिर प्राकृतिक वेशमा ‘हाइकिङ’ जाने भाइकिङहरू खुर्मुरिएर यमलोक पुग्दा देवकन्याहरू भागाभाग भएको दृश्य सम्झिए । अनि युरोपतिर पशुअधिकारकर्मीहरूले निकाल्ने ‘ग्ल्यामरस जुलुस जस्तो नेपाली प्रमण्डलको कल्पना गरेर असिनपसिन बने अनि काव्यात्मक शैलीमा फतफताए, नरकवासी हुनुपरे नि क्वै गम छैन, यो जुलुम नेपालमा के गरिदेलान् भन्ने भर भएन,
नबिटुलिई सकल यमलोक फर्कन पाऊँ,
प्रभुजीसँग आखिरी एउटा बिन्ती बिसाऊँ,
फेरि यो नयाँ नेपाल घुम्न नपठाऊ !’

अनि इजार कसेर दायाँ-बायाँ नहेरी यमलोकतिर टाप कस्दा भए ।

०००
‘नमोनमः’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुर्को प्रेम !

फुर्को प्रेम !

महेश थापा
लठैत

लठैत

महेश थापा
फुर्को प्रेम !

फुर्को प्रेम !

महेश थापा
मोदीका सारथि 

मोदीका सारथि 

महेश थापा
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x