साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज गधा दिवस

प्रमुख अतिथि गधा आउँछ सबैलाई भाषण सुनाउँछ र भन्छ तिमीहरू गधा हौँ गधाहरू पररर ताली बजाउँछन् तिमीहरू किन मान्छे बन्न सकेनौ ? गधाहरू मन्टो निहुर्‍याउँछन् र लजाउँछन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

आज गधा दिवस
गधाहरू टाइसुट लाएर
विहानै अघाएर
विदेशी सुप चपाएर
शहरतिर निस्किएका छन् ।

हिजोसम्म मालिकको जाँतोे बोकेर
गल्ली गल्ली चहारी रहने
मुखबाट कष्टको र्‍याल झारिरहने
सिर्कनाको स्वादमा बानीपरेका
माथिको बोझले तलको भुँडी झरेका
साना बुकुने गधाहरू
आज शहर पसेका छन्
गजधम्म आसनमा बसेका छन् ।

प्रमुख अतिथि गधाको ढोँगी ढिलाईलाई
आयोजक गधाको चाप्लुसी बर्कोले
व्यस्तताको झुठो आवरण दिइरहेको
सहभागी गधाहरू चुपचाप सुनिरहेछन्
मञ्चमा केही गधा अघि नै चढिसके
केही माला उनिरहेछन्
हल गधामय छ ।

प्रमुख अतिथि गधा आउँछ
सबैलाई भाषण सुनाउँछ
र भन्छ
तिमीहरू गधा हौ
गधाहरू पररर ताली बजाउँछन्
तिमीहरू किन मान्छे बन्न सकेनौ ?
गधाहरू मन्टो निहुर्‍याउँछन् र लजाउँछन् ।

एक्कासी एउटा गधाबीच सभाबाट कराउँछ
सुन्नोस् हामीमध्य कति गधाहरू मान्छे बनिसके
ती कहाँ छन् ?
राजनीतिमा ?
प्रशासनमा ?
…मा ?
…मा ?
जहाँ हुन् तिनलाई चिन्ने अरु मान्छे
औँल्याउँदैछन्
उ हेर गधा मान्छे !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x