साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्घर्ष म सधैँ हिँडूँ !!

शिल्पसौन्दर्यको सच्चा उचाइ उठ ए,कला गम्भीर भीर टेकेर सर्नु पर्छ अरू थला! विनाइर्ष्या विनादाग विनाक्रोध चढूँ चढूँ विनाद्वेष विनालोभ उकालो म बढूँ बढूँ !!

Nepal Telecom ad

कलानिधि दाहाल :

म उकालो निकै हिँड्छु हिँडेकै छु निरन्तर
म अप्ठेरो सधैँ बुझ्छु बुझेकै छु निरन्तर !
सजिलो खोज्नु पर्दैन पाइने छ निरन्तर
जिन्दगी यसमा हुन्न सङ्घर्ष छ निरन्तर !!

गरौँ सङ्घर्ष केको यो मनले बुझ्नु पर्दछ
मानवीय बनौँ चेत मनले बुझ्नु पर्दछ !
म नै हुँ सर्व सम्राट् छु ठानिएर हिँडे कतै
हठीको हठ यो हुन्छ म नै बल्छु जताततै !!

तिर्पन्ताम त्यता दौडूँ हुन्न सङ्घर्षको घर
आफू मेटिन्छु आफैँमा भए हुन्छु निशाचर !
परिवारसँगै नाचूँ के के छु हठले भरी
श्वान चउरमा खेल्छन् यिनै खेल सधैँभरि !!

ब्रह्मका गीतमा ओर्लूँ गाए यो बुध्दले पनि
टुक्रा टुक्का टिपूँ टप्प भुसुनो हुन्छ यो ध्वनि !
आविष्कारकमा उफ्रूँ दुर्बुद्धिको हुने हठ
जम्मै सम्झेर उक्लन्छु उकालो हुन्न छट्पट !!

अप्राकृतिक यो चर्को ननिस्कूँ स्वर झट्पट
नुन चर्को भए जिब्रो आफैँमा हुन्छ लट्पट !
शान्त समाधिको अग्लो उकालो सुनसानमा
चढूँ चढूँ चढीराखूँ प्रकृतिको विधानमा !!

नटिपूँ पात छोएर प्रेमको स्पर्शमा परूँ
नचुडूँ फूल हेरेर बासना दिलमा भरूँ !
न लाऊँ दम्भको दाग तर्पणको पिई जल
सङ्लो सागर सौजन्य जल बाँडू म पल्पल !!

नलागुन् घाउ अर्कामा जो छन् सङ्घर्षका जन
जनभन्दा अझै अग्ला हुन्छन् ती जनका मन !
सजिला चाल जो हिँड्छन् ठोके हुन्छ सधैँ त्यता
सङ्घर्ष श्रम हो सच्चा पोखे बग्छ जतातता !!

शिल्पसौन्दर्यको सच्चा उचाइ उठ ए,कला
गम्भीर भीर टेकेर सर्नु पर्छ अरू थला!
विनाइर्ष्या विनादाग विनाक्रोध चढूँ चढूँ
विनाद्वेष विनालोभ उकालो म बढूँ बढूँ !!

लहरा हातले छोऊँ पहरा टेकूँ पाउले
सञ्चयको कुनै रोग नलेओस् मनदाउले !
टल्कूँ स्फटिकको भाव मोती शब्द बनी झरूँ
समग्र विश्व विश्वास कल्पवृक्ष ममा भरूँ !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कुरूप हुन्न सुन्दर !!

कुरूप हुन्न सुन्दर !!

कलानिधि दाहाल
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x