साधुराम खड्कानरोकिने समय
भूकम्पले तर्साएका मनहरूमा
बसन्त नै छाए पनि केहि हुँदैन
पराकम्पले दिएका धक्काहरूमा
जति बसाईं सरे पनि मन रोकिन्न
परेली भिजेका आँखाहरूमा
देवतै आए पनि केहि देखिन्न
समयले दिएका घाउहरू
जति टीका लाए पनि मेटिन्न
हृदय हराएका मानवमा
टाउकै काटेर बिछ्याए पनि मन देखिन्न
कस्तो आयो त जमाना हजुर
निस्वार्थ भावको मानव भेटिन्न
कसलाई कसको मतलब यहाँ
मन नदुखप् मन्दिर घुमिन्न
सुखमा त संसार सँगै हुन्छ
ठेस नलागी आमाबाबु सम्झिन्न
मूर्ति त केवल मन्दिरमा हुन्छ
तर खै किन भगवान् भेटिन्न
ललाटमा के लेख्या छ कुन्नि
चाहेर पनि कहिल्यै फेरिन्न
सोचाईमा तिमी के के सोच्छौ कुन्नि
वास्तवमा पूरा केहि हुँदैन
रोएर थाक्छौ कि बरू तिमी
समय एकपल पनि कदापि रोकिन्न !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































