साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कुकुर क्या मोटाको छ

Nepal Telecom ad

गाउँमा छँदा
घरी पल्नो गाउँ जान्थ्यो
घरी वल्नो गाउँ जान्थ्यो
जसले जे दिए पनि
पुच्छर हल्लाउँदै खान्थ्यो
सिदा थियो सादा थियो
थोरै कलो भए पनि मान्थ्यो
तर राजधानी आएपछि
पाँच तारे होटेलमा जान्छ
टन्न मासु मासु खान्छ
चिल्लो चपिलो भाको छ
मेरो कुकुर त क्या मोटाको छ ।

गाउँमा छँदा भुक्दै
गाउँ गाउँ जान्थ्यो
जसले जे भने पनि मान्थ्यो
गाउँलेलाई मालिक नै ठान्थ्यो
तर काठमाडौं आएपछि
कहाँ खान पाईन्छ हिँड्छ
पाएन भने
खानकै लागि भिड्छ
बागदरबार पनि छिर्छ
सिंहदरबार पनि छिर्छ
उस्तै परे
खान नपाको झोकमा
सरकारी कुखुरालाई पनि पिर्छ
कहाँ कहाँ के पाउँछ
पत्ता लगाउनेमा वीर छ
त्यसैले मेरो कुकुर
चिल्लो चपिलो भाको छ
पोहर भन्दा क्या मोटाको छ ।

सुकुटी परेका खुट्टा थिए
चाम्री परेका छाला
सारङ्गी जस्तो पेट थियो
दाम्री परेका गाला
महानगर पसेपछि
कहाँ कहाँ पाउँछ जान सिक्यो
कहाँ कहाँबाट आउँछ खान सिक्यो
मगाएर खायो
फकाएर खायो
धम्काएर खायो
दम्काएर खायो
त्यसैले हेर्दा हेर्दै मेरो कुकुर
चिल्लो पिरो भाको छ
पहिलेको भन्दा क्या मोटाउँदै गाको छ ।

अब पहिले जस्तो भुक्दैन
कसैको दैलो पनि ढुक्दैन
सहरमै भुलेको छ
गाउँमा पनि पुग्दैन
अब त आफूलाई मालिक ठान्छ
कसैसङ्ग पनि झुक्दैन
तर एक दिन
तुर्काउँदै बाटो भरी
गाउँ त जानु पर्ला
शहरको खाने बाटो सकिएपछि
गाउँलेको खाना त खानु पर्ला
तर जे भए पनि
पहिले भन्दा धेरै फरक भाको छ
मेरो कुकुर झन क्या मोटाको छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x