साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोली र गोली दुबै

Nepal Telecom ad

आफ्नो दोष लुकाउने तर सधैकक आदर्श छाट्ने जन
हुन्छन् बाहिर मात्र सुग्घर सधैकक कालो छ भित्री मन ।
आफू मात्र ठुलो भनेर दुनियाँ गर्ने ’मपाईं’ खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

‘मेरो यो बढिया’ भनेर सजिलै, देखाउँछन् खोट जो
देख्ता उन्नति बन्धुको नसहने खप्छन् तिनै चोट यो ।
अर्काको गुणगान गर्न नसकी भो आत्मश्लाघा खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

मेरो हो घर भन्छ बाहिर ठुलो पर्खालले छेक्दछ
मान्छे त्रस्त रहन्छ भित्र कसले पीडा व्यथा देख्दछ ।
अग्लो हुन्छ ’कुटी’ भनिन्छ घरका चर्चा सुनिन्छन् खुबै
फिर्ता हुन्न प्रहार भो यदि कतै बोली र गोली दुबै ।।

माटोमा पसिना चुहाउन सधैं तर्सेर भाग्नेहरू
ती नै उर्वर भूमि मालिक बने के न्याय खोज्ने अरू ।
गर्छन् काम खटेर जो दिनदिनै भोका र प्यासा खुबै
फिर्ता हुन्न प्रहार भो यदि भने गोली र बोली दुबै ।।

साझा देश बनाउँछौँ सब मिली भन्थे सबै शासक
‘हाम्रा’ को पहिचानले कहलिए साह्रै ठुला लेखक ।
बिक्छन् सुन्दछु आजभोलि सहजै पैसा र चोली दुबै
फिर्ता हुन्न प्रहार भो यदि भने बोली र गोली दुबै ।।

छोटो जीवनमा ‘पढी’ कम सिकेँ भोगेर ज्यादा सिके
‘सत्ता’, ‘शासक’को प्रदक्षिण गरी लेख्नेहरू पो बिके ।
‘राम्रो’ अन्तिमसम्म टिक्दछ, यही भन्थे बुबाले खुबै
फिर्ता हुन्न प्रहार भो यदि भने बोली र गोली दुबै ।।
बैतडी, हाल– सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x