साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !

Nepal Telecom ad

मधेशी भएकैले मलाई
काठमान्डुको नेवार घरबेटीले
हेपेर बोल्यो,
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
नेवार भएकैले मेरा बालाई
जागिरको उच्चतहबाट रिटार भएपछि
सरकारले थप नियुक्ति दिएन
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाती भएकैले मलाई
नापीको मधेशी हाकिमले
जग्गा पास गर्दा घुस माग्यो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
सार्की भएकैले म
पल्लो टोलको त्यो कामीले
मैले छोएको खाएन
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
गरिब मधेशी भएकैले म
आफ्नै मधेशी लोग्नेले मेरो छोरीलाई
जिउँदै जलाएर मार्यो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजाती भएकैले मेरा बा
बेलायति लाहुरे भए
त्यही पैसाको मातले म बिग्रें
तर मेरै घरको भान्छे बाहुनको छोराले
पढेर जागिर खायो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
जनजातिरमधेशी भएकैले म
तगडा तगडा क्षेत्री बाहुनलाई नबोकाएको
सरकारी जागीरको भारी बोकाइयो मलाई
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
मधेशीरजनजाती भएकैले
कहिले प्रधान न्यायाधिस
त कहिले प्रधान सेनापति जस्तो
जोखिमपूर्ण कामको भारी बोकाइयो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !
मधेशी र जनजाती भएकैले
इतिहासको जटील मोडमा
राष्ट्रपति र सभाध्यक्षको भारी समेत बोकाइयो
त्यसैले बाहुन क्षेत्रीको सत्ता मुर्दावाद !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x