साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोर

Nepal Telecom ad

ऊ कार्यालयबाट घर फर्कंदा माथिल्लो तल्लामा हल्लीखल्ली भएको सुन्छ । “के भएछ ?” भनेर उत्सुक हुँदै ऊ पनि त्यसैतिर जान्छ । ऋतु नाम गरेकी केटी त्यस कोठामा बस्थिन् । उनका गहना पैसा दिउँसो चोरिएको थाहा पाउँछ । होहल्लाका बिच ऋतु कोठाको ताल्चा नलगाई बाहिर निस्केको कुरा गर्छे र उसकै पल्लो कोठाको महिला आजै बेपत्ता भएकी कुरा बताउँछे । अड्कल काट्नेहरू काट्दै छन् । सबै आआफ्नै तर्फ लाग्छन् । बिहानै पुलिसको एक जत्था आएर उसलाई हतकडी लगाउँदै अनुसन्धानको क्रममा ऋतुले शङ्का गरेकी हुनाले गिरफ्तार गरेको जानकारी गराउँछ ।

ऊ भन्छ— ‘के प्रमाण छ ऋतुसँग ममाथि शङ्का गर्ने ? अनि म त दिनभरि कार्यालयमै छु ।’
तत्कालै भ¥याङबाट तल झर्दै ऋतु भन्छे— ‘दाइ, तपाईंको साँचोले मेरो ताल्चा समेत खुल्दो रहेछ । नपत्याए हेर्नुहोस् ।’

‘एउटै साँचोले दुईवटा ताला खुल्दैमा के म चोर हुन सक्छु र ?’ बर्बराउँदै ऊ पुलिसको पछिपछि लाग्छ ।

भोलिपल्ट बिहानको अखबारमा ती बेपत्ता भनिएकी महिला बनेपाको पुलिस चौकीमा नगद र गरगहना साथ पक्राउ परेको तस्बिरसहितको समाचार छापिन्छ ।

गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x