साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाेखरामा विशेष गजल वाचन

Nepal Telecom ad

१ सय ५० औं मोति जयन्तीको अवसरमा शनिबार पोखरामा विशेष गजल वाचन र गायन कार्यक्रममा भएको छ ।
गजल सन्ध्या पोखराको आयोजनामा भएको कार्यक्रममा नेपालका विभिन्न जिल्लाका १० स्रष्टाहरूले गजल वाचन गरे । यसको भरपुर फाईदा उठाए पोखरेली साहित्यप्रेमीहरूले ।

पोखरा उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा स्याङ्जाका गजलकार जीवनपानी, बाग्लुङका राम थापा अविरल, अछामका तपेन्द्र घोरासैनी, गोरखाकी सुमी प्रकृति, चितवनका मुक्त उदास, ललितपुरका समीर हुमागाईँ, कास्कीका विशाल थापा, कृष्ण देवकोटा, कृष्ण अधिकारी ‘त्रुपक’ र पवित्रा भण्डारी ‘पारु’ ले गजल वाचन गरेका थिए ।
यस्तै, गायकहरू विनोद बानिया, केशव आचार्य र नरजंग गुरुङ्गले मेहफिल तताए । गजलको उत्थान र गजलप्रेमीहरूलाई हौसला बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा गजल सन्ध्या पोखराका उपाध्यक्ष अमृत सुवेदी गुराँसले जानकारी दिए ।

कार्यक्रममा बोल्दै साहित्यकार तिर्थ श्रेष्ठले गजल बिधाको उत्थानमा सहयोग गरेको भन्दै गजल सन्ध्या पोखरालाई धन्यवाद दिए । “केही समयअघिसम्म गजललाई साहित्यको रुपमा स्विकार गर्नेहरू नै हुँदैनथे ।” उनले भने– “तर अहिले यही गजल बिक्ने भैसकेको छ । उनले नयाँ गजलकारहरूको रचनाले साहित्यमा थप ईंट्टा थपेको उल्लेख गरे ।”
गजल सन्ध्या पोखराकी अध्यक्ष बिर्सना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक अमृत सुवेदी गुँरास र सह सचिव मोहन भण्डारीले गरेका थिए ।

विशेष गजल वाचन तथा गायन कार्यक्रमको भिडियो अधिकार पाएको नेपाल रिपोर्टस् डटकमले छिट्टै कार्यक्रमको सम्पूर्ण भिडियो सार्वजनिक गर्नेछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x