साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी र केही टुक्रा …

Nepal Telecom ad

१.
बन्द गर–
नून,
तेल
र, ग्याँस ।
युगौँदेखि
यी थोक खाएर बाँचिरहेको होईन
मेरो स्वाभिमान ।

२.
नाकाबन्दी गर
अन्धकारमय बनाऊ हाम्रा दिनहरू
फैलाऊ अशान्ति
लात्ती हान हाम्रा पेटहरूमा
तर
दुख्ने छैन मेरो देश ।
यो देश पेटमा होइन
छातिमुनि
सुरक्षित छ असंख्य मुटुहरूमा ।

३.
नाकाबन्दीमा
ग्याँस नभरिएला खाली सिलिन्डरहरूमा
तेल नभरिएला मोटरगाडीहरूमा
र, नभरिएला भोका पेटहरू ।
तर
असंख्य मनहरू मस्त भरिएकाछन्
सुनौलो देशप्रेमले ।

४.
नाकाबन्दीले
झुक्ने होइन हिमालको अग्लो शिर
सुक्ने होइन पहाडको रंग
साँघुरिने होइन विशाल तराई ।
झन् झन्
फुल्ने छ देशप्रेमको सुन्दर फूल
हाम्रा मुटुमाझ ।

५.
यस नाकाबन्दीको बेला
नबल्ला दियो
नबल्ला चूलो
नबल्ला घरआँगनमा उज्यालो ।
तर पक्कै तिमीप्रति
बल्ने छ असंख्य असंख्य मनमुटुमा
आक्रोशको आगो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x