साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्बोधन

Nepal Telecom ad

प्रिय सम्बोध्य ! हामीले ठान्यौँ असल मित्र नै
सुसम्बन्ध छ यो हाम्रो गङ्गाजस्तो पवित्र नै
सहयोग गर्यौ ठूलो भनी मख्ख हुँदै गयौँ
आफ्नै ठानेर आशाका मनोग्रन्थि फुँदै गयौँ ।

दियौं नदीहरू आफ्नो काटेर मुटु नै पनि
सके जति दिएकै हौं उदार दिलका बनी
हाम्रै हिमालको छाती पग्लिएर निरन्तर
बाँझा गराहरू तिम्रा छन् आज अति उर्वर ।

बसी आफू अँध्यारोमा दियौं बत्ती त्यतातिर
ठगियौँ सन्धिमा किन्तु मानेनौँ कहिल्यै पिर
बाटा पुल र शिक्षामा सहयोग मिल्यो भनी
गुन गाइरहेका छौँ आभारी भै अझै पनि ।

बेला बेला हुँदा धोका दुःख मानी कुनै दिन
बोल्यौँ होला कडा शब्द तर शान्त गरी मन
पर्खी तिम्रो मिठो माया सपना बुनि नै रह्यौँ
अर्ती बुद्धिहरू तिम्रा ढुक्क भै सुनि नै रह्यौँ ।

तर विश्वासमा तिम्रो रहेछ विष मिश्रित
रहेछ चित्तमा तिम्रो मत्स्यन्याय प्रवाहित
गर्दा सद्भावको चाह पात्र दुर्भावको बनी
दिँदै छौ दुःखको बेला चिनारी मित्रको तिमी ।

दोष दिन्नौँ तिमीलाई हामी नै उठ्नु पर्दछ
स्वावलम्बन यात्रामा हामी नै जुट्नु पर्दछ
नहाँस यसरी चोट पुर्याई स्वाभिमानमा
शिर ठाडो गरी हामी सक्छौं बाँच्न तिमीविना ।

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
कार्टुन

कार्टुन

गोविन्दराज विनोदी
हामी

हामी

गोविन्दराज विनोदी
उहाँ

उहाँ

गोविन्दराज विनोदी
बिसन्चो

बिसन्चो

गोविन्दराज विनोदी
कसरी भनूँ  ??

कसरी भनूँ ??

गोविन्दराज विनोदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x