साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्किन्छ त्यो तैँतिर

Nepal Telecom ad

नाकाबन्द गरेर झुक्दछ भनी सोच्दै छ त्यो भारत
जल्ले जान्दछ झुक्न झुक्छ सजिलै लत्रेर त्यै भारत
हाम्रा पूर्वजको थियो शिर उचो झुक्दैन हाम्रो शिर
नाथे भारत धाक भो अब नदे फर्किन्छ त्यो तैँतिर ।

सानो राष्ट्र छ स्वाभिमान सकली सत्कार्य बिर्सिन्न यो
हाम्रा अग्रजका भुली नसकिने छन् छाप तर्सिन्छ को ?
हामी आर्थिक रूपमा निरिह छौँ भन्दै नरोपेस् झिर
नाथे भारत धाक भो अब नदे फर्किन्छ त्यो तैँतिर ।

नाकाबन्द गरेर टिक्छ कसरी त्यो देश तेरो पनि
खर्बौ खर्ब तुहिन्छ स्याल हुइयाँ टिक्दैन औँला गनी
थुप्रै अस्त्र विकल्प छन् मुलुकमा हुन्नौँ सधैँ निर्भर
नाथे भारत धाक भो अब नदे फर्किन्छ त्यो तैँतिर ।

खालिस्तान अझैँ छ दन्दन उता नेपाल के हेर्दछस् ?
तेरै त्यो मणिराज्यमा छ रमिता यो देश के घेर्दछस् ?
गोर्खा राज्य भनेर दार्ज्लिङमा पल्टी रहेछन् भिर
नाथे भारत धाक भो अब नदे फर्किन्छ त्यो तैँतिर ।

हाम्रो देश फुटाउने मन भए निर्लज्ज मैदानमा
आए हुन्छ खुलेर ङिच्च थुतुुनो पारेर हिँड्छस् किन ?
सोच्लास् दक्षिण पूर्व पश्चिम दिशा घेर्ने छु भन्छस् तर
नाथे भारत धाक भो अब नदे फर्किन्छ त्यो तैँतिर ।

भरतपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x