जीवन ‘पीडित’ दाहालविश्लेषण
“के गर्दैछौ मिष्टर ड्याहल ?“– भन्दै अकस्मात मेरो कार्यकक्षमा मेरो अमेरिकन साथी गेरिसेफर्ड छिर्यो ।
“के गर्नु र हौ ? इन्डियाले आर्थिक नाकाबन्दी लगाउँनाले घरमा खाना पकाउँने ग्यास, मट्टितेल तथा केही पाइँदैन अब कसरी गुजरा चलाउँने ? भनेर सोची रहेको नि”– मैले दुखेसो पोखें साथीसँग ।
“इन्डियाले दिन्न भन्दैमा यत्रो चिन्ता लिनुपर्ने कुरा के छ र ! चाइनाले दिन्छु भनेकै छ चाइनासँगै किने भै गो नि पैसा दिएर किन्न पनि किन भिक्षामा लिएजस्तो सास्ती खेपी रहन्छौ ?”– उसले सम्झायो ।
“चाइनासँग ?”– एउटा अमेरिकनका मुखबाट चिनलाई मित्रशक्ति ठानेर मित्रता बढाउँन सल्लाह दिएकामा मेरो अनकन्सस माइण्ड्ले कुरा खुस्काइ हालेछ ।
“हो त चाइनासँग ।”– उसले कण्फिडेन्सका साथआफ्नो कुरा दोहोर्यायो र थप्यो– “जे भए पनि तिमीहरूको सिमाना जोडिएको अर्को छिमेकी भनेको चाइना नै हो क्यारे ।”
“के कुरा गर्छौ हौ तिमी ? क्षणिक आवेगमा आएर ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा भूराजनैतीक सम्बन्ध समेत रहेको मित्रता रहेको देशसँग पनि चटक्क सम्बन्ध त्यागिहाल्न सकिन्छ कतै ?”– मैले क्षणिकरुपकै लागि भए पनि अश्विकार गरेजस्तो गरेर देखाएँ उसको सल्लाहलाई ।
“उसका सल्लाहको उपेक्षा गरेकामा रिसाउला कि भनेर ठान्दै थिएँ तर रिसाउँनुको सट्टामा मेरो इण्डिया प्रतिको लगाव देखेर उपेक्षाको लामो हाँसो हाँस्यो ऊ हा..हा..हा.. गर्दै अनि उसको हाँसो नरोकिदै “भरपर्दो मित्र !” भन्दै मेरो विश्वासको खिल्ली पनि उडायो अनि गिल्ला गर्दै थप्यो– “मूर्ख ! नेपालीलाई सधैं आफ्नो हरूवा चरुवा दास जतिको पनि नठान्ने र आफ्नो अभिष्ट पूरा नहुने छाँट देख्नासाथ घाँटी थिच्न आउँने इण्डियालाइ परम हितैषी मित्र देख्ने भ्रम कहिले टुट्छ हँ तिमीहरूको ?”
गौरादह न.पा.– १२, झापा
Subscribe
Login
0 Comments
Oldest








































