साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लज्जा

Nepal Telecom ad

तिम्रो मकसद के हो मोरेन्द्र नदी ?
तिम्रो मसला के हो सिँजनाथ राज ?
हेर, आज म टिल्ल मातेको छु,
भन, निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ?
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।
तिम्रो छातीभित्र किन पापको खानी भेटिन्छ ?
तिम्रो बेलायती बुटले
अझै किन मेरी आमाको छाती कुल्चिन्छ ?
तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
तिम्रो जिब्रोले भन्छ
कि तिमी हौ हाम्रो सबैभन्दा असली दोस्त
र तिम्रो दाँतले
मुस्किलले बचाएको मेरो शान्तिलाई डस्छ !
तिम्रो द्वैध चरित्र बुझिनसक्नु छ भरते
दुई नाउमा राखेर दुई खुट्टाहरू
कथित लोकतन्त्रको नदी तर्न खोज्छौ ।
मनभरी छरेर हिँसाको बिउ
अहिँसाको गीत गुन्गुनाउँदै हिड्छौ ।
लगाउँछौ भातृत्वको चर्को नारा
र मानवताको घाँटी निमोठ्दै हिड्छौ ।
भन, तिम्रो इरादा के हो भरते ?
निधारमा टाँसेर आफ्नो उत्तेजित लिङ्ग
कुमारी देशको बैँस हरण गर्न
किन यसरी नांगै निस्कयौ इण्डिया गेटबाट ?
के तिम्रो भूमिमा पुछेको हैन फिरंगीले फोहोर खुट्टा ?
मेरा पुर्खाहरू लडे तिनीहरू बिरुद्ध ।
हेर अझै को लड्दैछ एलओसीमा ?
एक फोक्सो हावा नपाएर तड्िपदै तड्पिदै
को बस्दै छ सियाचिन ग्लेसियरमा ?
को को लडेका हुन् विश्व युद्धमा तिम्रो देश जोगाउन ?
को को मरेका हुन्, बहत्तरको लडाँईमा ?
नसोच्नू, यो मेरो गर्वको विषय हो
म मेरा प्रत्येक शासकलाई
मेरा पूर्खाको रगतको व्यापार सन्धिका निम्ती घृणा गर्छु ।
घृणा गर्छु, तिमीलाई पनि
जो यो इतिहास बिर्सिएर
मेरी आमाको पटुकी फुकाल्न खोज्छ ।
यस्तो बेला म कसरी चुप बस्न सक्छु ?
म कसरी घातक सन्धिहरूमा
फेरी अर्को जाली ल्याप्चे ठोक्न सक्छु ?
इतिहास मेरो कमजोरी थियो
त्यसलाई अब सच्चाएर बलियो बनाउन चाहन्छु ।
के तिम्रै राज्यमा उठेका होइनन् खालिस्थानका नाराहरू ?
र यसरी भड्काउँदै हिन्छौ भने मेरा भाइहरू,
म तिम्रो दादागिरीको खिलाफमा
सबैभन्दा अग्र पंतिमा उभिन चाहन्छु !!
म बिल्कुल सतर्क छु
यति त बुझ्छु अब–
तिमी धर्मको राजनिती गर्छौ र सत्तामा पुग्छौ
आफूलाई ठूलो माछा सम्झन्छौ
र कुरका साना माछाहरू निल्न खोज्छौ ।
तर यसको अर्थ
हामीलाई तिम्रो खोक्रोपन थाहा छैन भन्ने होइन,
सार्क खेलकुदमा धेरै मेडल जितेकै आधारमा
तिमी हाम्रो मालिक होइनौ
र होइनौँ हामी तिम्रा दास !
जब कि ओलम्पिकमा तिमीले जित्ने
त्यही एउटा स्वर्ण पदक न हो !
ए मेरो हिमालको चिसो पानीले प्यास मेट्ने भरते
ए मेरो पाखुरीको रगतले युद्ध जित्ने भरते
ए मेरो बुद्धको नाम बेचेर रोटी खाने भरते
दुनियाँ लजाइसक्यो
निधारबाट तल झार आफ्नो लिङ्ग र छोप
अनि मलाई जवाफ देऊ,
लप्लप् लप्लप्
तिम्रो मुखबाट किन दुई जिब्राहरू निस्कन्छन् ?
कुनै विषालु सर्पका झैँ ।

(भारतीय विस्तारवाद बिरुद्ध समर्पित कविता ।)

नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सर्दी

सर्दी

भूपिन खड्का
लज्जा !

लज्जा !

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
बुद्धि-बङ्गारा

बुद्धि-बङ्गारा

भूपिन खड्का
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x