साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशगजामा दिल बहादुर

Nepal Telecom ad

देशको व्यथाले पोलेको छातीमा,
विदेशिको फुली झुन्ड्याएर,
दशगजाको दक्षिण पट्टी उभेको,
दार्चुलाको दिल बहादुरका आँखा
आफ्नो विवशताले टल्पलाएका छन् ।
एक निमेष पनि स्थिर न रहेको मन
दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा ।
आफ्नै आमाका अहितका
अलिखित विदेशीका आदेशहरूले
झन उसको आहत भावनामा
कोट्याई कोट्याई घाउ लाउने काम गर्दैछ ।
आँसुका बाछिटाहरू धर्तीमा पोखिएका छन् ।
लरबराएका उसका ओंठहरूबाट बिस्तारै
ध्वनित भएको छ स्वर
आफ्नी आमाको स्वाभिमानलाई
आफै घाइते बनाउने किन म कसैको दास हुने ?
बिस्कुन आँगनमा सुकेझैँ
उसले जति लुकाउने प्रयास गर्दा पनि
लुकाउन गाह्रो भएको छ
गालामा सुकेका अविरल धाराहरू ।
ऊ व्यथित भै सोध्दैछ
आफ्नै अन्तस्करणसँग
प्रत्येक नेपालीका लागि कहिले प्रकट होला
त्यो चिरप्रतिक्षित सुअवसर
मात्र आफ्नै माटोका लागि मर्ने–
आफ्नै माटोका लागि बाँच्ने ।
स्यालुट नेपालीले नेपाली बाहेक
अरुलाई किन हान्ने ?

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो पनि त थियो जिन्दगी

त्यो पनि त थियो...

लक्ष्मण नेवटिया
मगजको गन्थन-मन्थन

मगजको गन्थन-मन्थन

लक्ष्मण नेवटिया
समयको सर्कस

समयको सर्कस

लक्ष्मण नेवटिया
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
म हुँ अक्षरको किसान

म हुँ अक्षरको किसान

लक्ष्मण नेवटिया
हे सुन ! कुरा सुन !!

हे सुन ! कुरा...

लक्ष्मण नेवटिया
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x