लक्ष्मण नेवटियादशगजामा दिल बहादुर
देशको व्यथाले पोलेको छातीमा,
विदेशिको फुली झुन्ड्याएर,
दशगजाको दक्षिण पट्टी उभेको,
दार्चुलाको दिल बहादुरका आँखा
आफ्नो विवशताले टल्पलाएका छन् ।
एक निमेष पनि स्थिर न रहेको मन
दौडेर फर्कन चाहन्छ आफ्नै जन्मथलोमा ।
आफ्नै आमाका अहितका
अलिखित विदेशीका आदेशहरूले
झन उसको आहत भावनामा
कोट्याई कोट्याई घाउ लाउने काम गर्दैछ ।
आँसुका बाछिटाहरू धर्तीमा पोखिएका छन् ।
लरबराएका उसका ओंठहरूबाट बिस्तारै
ध्वनित भएको छ स्वर
आफ्नी आमाको स्वाभिमानलाई
आफै घाइते बनाउने किन म कसैको दास हुने ?
बिस्कुन आँगनमा सुकेझैँ
उसले जति लुकाउने प्रयास गर्दा पनि
लुकाउन गाह्रो भएको छ
गालामा सुकेका अविरल धाराहरू ।
ऊ व्यथित भै सोध्दैछ
आफ्नै अन्तस्करणसँग
प्रत्येक नेपालीका लागि कहिले प्रकट होला
त्यो चिरप्रतिक्षित सुअवसर
मात्र आफ्नै माटोका लागि मर्ने–
आफ्नै माटोका लागि बाँच्ने ।
स्यालुट नेपालीले नेपाली बाहेक
अरुलाई किन हान्ने ?
विराटनगर
Subscribe
Login
0 Comments
Oldest








































