साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकीका कलुषित स्वरूपहरू

Nepal Telecom ad

डाँगो स्याल कलास्छ दक्षिण दिशामा नित्य धोती कसी
त्यस्का झुन्ड कराउँछन् अथि सबै हाहा र हुहू गरी
अर्काको कुभलो सधैं गरिगरी डाँगो खुसी बन्दछ,
आफ्नै मित्र मराई त्यै रगतमा आफू सधैं रम्दछ ।

अर्काे पीर छ खेतमा पनि सधैं जालै गरी बस्दछ,
रातारात स्वयं लुकेर उसले आली उँभो कस्दछ
आफू मात्र गई भन्यो कि त त्यहाँ डाँका ठुलो गर्दछ,
राखी पञ्च कुरा गर्यो यदि भने आफैं कता मर्दछ ।

दिल्लीभित्र अजङ्गका जखमले देख्दैन हात्ती पनि,
नेपालीहरूका लिखा सहजले देख्ने कुरा गर्छ नि
यो उस्को कुटिल प्रमाण अब ता संसारले जान्दछ,
ब्वाँसाका मतियार हुन् सब जना भन्ने कुरा मान्दछ ।

ब्वाँसाले त स्वजातिका घरहरू भाँड्दैन यो सत्य छ,
त्यो भन्दा तल गिर्नु नीच पशुता भन्दा अझै तुच्छ छ
गिद्धै हो कि स्वयं लुछी अलिअली चोक्टा र लाम्टा गरी,
निल्ने दाउ लिँदैछ हे स्वजन हो भाँचौं चुचो बेस्सरी ।

पल्क्यो सिक्किम खाइ यो अजिंगरै नेपाल खाँला भनी,
लागेको छ अनेक जुक्ति बलले जिब्रो निकाल्दै छ नि
फोरेट् छर्किनु पर्छ है सब मिली या भाग्छ या मर्छ नै,
हे नेता नडराउ छौँ. पछिपछि यो देश जोगाउनै ।

अर्काको घर भाँड्न उद्यत हुने त्यो मन्थरापुत्र हो,
उस्को शोचविहीन मूढमति झन् त्यो श्वानको मूत्र हो
आओ सिक्न सिकाउँछौं अबुझ हो सिक्ने छ बानी भने,
आओ लड्न तयार छौं खुकुरिको यो धार थाम्छौ भने ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
कवि बन्न खोज्दा

कवि बन्न खोज्दा

काेमलप्रसाद पोखरेल
थेगो

थेगो

काेमलप्रसाद पोखरेल
निमित्त प्रमुख अतिथि

निमित्त प्रमुख अतिथि

काेमलप्रसाद पोखरेल
हाम्रा साँडे

हाम्रा साँडे

काेमलप्रसाद पोखरेल
महाकवि र गिनिजबुक

महाकवि र गिनिजबुक

काेमलप्रसाद पोखरेल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x