साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिला भएकै फाइदोको छ

Nepal Telecom ad

सरकारी नियम काइदैको छ
पुरुष हुनु भन्दा त अचेल
महिला भएकै फाइदोको छ ।
आरक्षणको पनि पाइन्छ
खुल्लाको पाइन्छ
यो भन्दा महिला अब के चाहिन्छ ।
अझ बस चढेको बेला
पिन्ड खान आँटेको तन्नेरीलाई पनि
झ्याप्प मुस्कानले हान्नुस् त
अनि हेर्नुस् न
कसरी बाटो छोड्छ
अधबैसे डुडोलाई पनि
च्याप्प हात समाएर तान्नुस् त
आफू बसेको सिट पनि
कसरी छोड्छ
हाँस्ने कला पनि काइदोकै छ
महिला हुनु फाइदोकै छ ।

एउटा बुढोले
तरुनीलाई मुस्कान दियो भने
के उसले सिट छोड्छे
मात्तेको बुढो भन्दै
उल्टो आँखा तर्छे ।
अधबैसे महिला किन नहोस्
एउटा युवा मुस्कायो भने
मात्तेको ढाडे भन्दै घुर्छे
केको बाटो झन छोड्छे
बसमा पनि महिला सिट
सरकारको नियम काइदैको छ
महिला भको पनि फाइदोकै छ ।

एउटा युवालाई झननन हुने गरी
मुस्कानको बान ठोक्नुस् त
ड्याम्मै ढल्छ
कर्कलो जस्तो फत्रक्कै गल्छ
उठ् भने उठ्छ
बस् भनेपछि बस्छ
ट्राइे गरेर त हेर्नुस्
पुरुष कसरी फस्छ ।

जिएम होस् कि मन्त्री
ब्यापारी होस् कि सन्त्री
फननन हुने गरी
मुस्कानको गोली ठोक्नुस् त
तोरिकै फुल देख्छ
तपाईंको अगाडि
घपलक्क भएर घुँडा टेक्छ
तर त्यही युवक
तपाईंसङ्ग जिस्कियोस् त
त्यसले मामा घर नै देख्छ
हाकिम पनि तपाईंसँग मस्कियोस् त
पत्रिकाले पायो भने
ठुल ठुला अक्षरले लेख्छ
सरकारको नियम काइदोकै छ
महिला भाको पनि फाइदोकै छ ।

दाङ, हाल  काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x