साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यसपाली आउँदा… दसैँ

Nepal Telecom ad

यसपाली आउदा… दसैँ 

खसी बाख्रा भन्दा पनि
ग्यासको सिलेन्डर लिएर आऊ
छिमेकीले ढोका बन्द पो गरे
उनलाई सद्बुद्धि दिन जाऊ
घर त जानै पर्यो
दक्षिणले ढोका बन्द गरे
भोटैबाट भए पनि मट्टीतेल ल्याऊ ।

पढ्न आएका हामी
गाउँ गएर बाआमाको आशिस थाप्ने हो
ग्यास नभए पनि दाउराको आगो ताप्ने हो
हामीलाई बरु च्याङ्ग्रा नभए हुन्छ
कुखराको पाङ्ग्रा भए पनि हुन्छ
नयाँ लुगा नभए पनि चल्छ
बरु दुई चार सय ट्याङ्कर पेट्रोल ल्याऊ
कम्सेकम घर जाने नाइट बस त चल्छ ।
हाम्रा नेताहरू दशतिर फर्किए
सबलाई एकैतिर फर्काऊ
ज–जसले मान्दैन
काली रूप धारण गरी एक एक गरी थर्काऊ ।

भाइ भाइ फुटे, गाउँ घर लुटे
यी यिनका गिदीमा यो कुरो छिराऊ
ककसले सदबुद्धि गुमाएको छ
तिनको सदबुद्धि फिराऊ
पेट्रोल अझै ल्याउन सक्दैनौ भने
चाइनिज साइकल भए पनि ल्याऊ
बरु साइकलमै सरर चडौँला
स्वाभिमानको लागि मजाले लडौँला
छिमेकी ढोका बन्द गरे
मजाले आफै खेतिपाती गरौँला
के छ र, झन आत्मनिर्भरमा परौँला
यसपाली आउँदा
केही ल्याउन नसके पनि दसैँ
तराई पहाड हिमालसम्म एकताको मुस्कान ल्याऊ ।

शत्रुले जातीयताको रङ छर्न सक्छन्
मुकुन्डोधारी नेता लोभ लालचमा पर्न सक्छन्
तिमी सब जनताको मुटुमा
सद्भावना झन दरो बोकी ल्याऊ
एकताको माला बोकी ल्याऊ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x