साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रबरको मान्छे

Nepal Telecom ad

मान्छे रबरको भए
ऊ जताततै
खुम्चिन, थिचिन र किचिन सक्थ्यो

ऊ थिचिन सक्तैन
भन्छ ऐया ! ऐया ! च्यापियो
चिच्याउँछ—
लौन के गरेको ?
तर विवश
सक्दैन ऊ
न चढ्न सक्छ
न छोड्न
फेरि कराउँछ
लौन के गरेको ?
आन्द्रा–भुँडी निस्किसक्यो !
अर्को भन्छ
टाउको भित्र राख
उसको अनुसार बस्नुपर्ने
कस्तो नियम
कस्तो अत्याचार
लौन के भएको होला
यो संसार
चुप लाग्छ– जनता
ऊ त मान्छे नभएर
रबरको जस्तो
कहिले खुम्चन्छ
कहिले फुक्छ
तर ब्रह्माले सृष्टि गर्दा पनि
त्यसै गरी
रबरकै बनाएको भए
ए सृष्टिकर्ता !
यो संसारमा तिम्रो
अझ बढी सम्मान हुन्थ्यो ।

‘रबरको मान्छे’ कविता सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x