साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक्क बजार

Nepal Telecom ad

एक दिन बजार सामान किन्न गाको
जाँदा अजब गजब नै भाको
एउटा पसलमा जुत्ता
बल्ल बल्ल दुई हजारमा किनियो
त्यही जुत्ता आर्को पसलमा
आफ्नै अघि एक हजारमा छिनियो
थुक्क बजार
हेर्दा हेर्दै लुट्यो हजार ।
अर्को पटक
छ हजार भनेको ज्याकेट
चार हजार तिरियो
यसपाली त दङ्ग पर्दै अर्को पसल छिरियो
त्यही ज्याकेट झुन्डाएको देखेपछि
झट्टपट्ट ट्याग पल्टाइ हेरियो
के भन्नु ट्यागले तीन हजार जनायो
थुक्क बजार ! फेरि बाख्रो बनायो ।

फेरि अर्को पसलमा जाँदा
चिया मगायो चिसो मगायो
ससुराली गाको जस्तो स्वागत गरी गरी
यो साडी देखायो त्यो साडी देखायो
उम्कनै नसक्ने गरी बिल लेखायो
दश हजार भनेको साडी
छ हजारमा दिएपछि दङ्ग पर्दै ठोकियो
साउलाई पनि ससुरालाई झैं ढोगियो
घर आएपछि सबै खुशी छताछुल्ल पोखियो
त्यस्तै साडी दुइचार महिना अघि
चार हजारमै पाको रैछ
बजिया आज पनि टन्न नाफा खाको रैछ
कस्तो ब्यापार कस्तो बजार !
सरकार पनि यसमा छैन नजर
जुवा हारेको जस्तो कसलाई उजुर गर्ने
उजुर नगर्दा ठाडै ग्राहक मर्ने
जति अभावमा पनि
चलेको मूल्यमा पाउँदै नपाउने
ब्ल्याकमा किन्यो भने
जे समान पनि घरमै आउने
भनी देऊ न सरोकारवाला
उजुरी गर्ने ठाउँ कता छ
आजै जुलुस लिएर आउँछांै
उजुरी हाल्नेको ठुलै जत्था छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x