वासुदेव पाण्डेयतिमी छद्मभेषी
न डोरी न धागो न त्यो केशजस्तो
न धक्का न मुक्का न भो ठेसजस्तो ।
तिमी छद्मभेषी गरूँ के भरोशा
न उद्दण्डजस्तो न छौ वेशजस्तो ।
गरैछौ नयाँ एक वक्तव्य जारी
न बिन्ती न आज्ञा न आदेश जस्तो ।
अनौठो छ त्यो खेल खेल्छौ तिमी जो
न डण्डीबियो झैॅ न त्यो चेसजस्तो ।
जता मिल्छ मौका उतै ठीक्क हुन्छौ
न छौ वामपन्थी न काङ्ग्रेसजस्तो ।
सुर्खेत
Subscribe
Login
0 Comments
Oldest






































