साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दशै तिहार र जूवा !!

Nepal Telecom ad

दशैं आयो दशै सगै रमाइलो चाड तिहार पनि हुररिएर आँउछ र चाडसँगै दशा पनि । घर घरमा बली दिने टाढा टाढा वाट दशै तिहारको विदा लिएर आउने घर परिवारको छिमेकको आफ्न्त देश विदेशवाट आउनेको धुइरो पनि जमीरहन्छ चाहे घर मुलीसँग पैसा होस् अथवा नहोस् ।

आँगनीयाँ सयपत्री, मक्खमली, बाह्रमासे, गुलाफ, गोदावरिका रङ्गीचङ्गी फूलहरू तँछाड मछाड गर्दै फुलेका हुन्छन् । देश विदेशवाट आउनेको स्वागतमा तर भेटघाटमा केही क्षण कुरा गरेपछि सबै कुरा सकिन्छ बाँकी लामो समय गुजार्ने थलो त पप्लु, टवान्टीनाइन, जुटपत्ती । रमी दहरमारा लगायत किसिम किसिमका तासका खेलले टाइम पास गराउँछ भने कौडा लंगुरबुुर्जा जस्ता खेलले जुवाडेको घर घरमा चोक चोकमा र दुकान दुकानमा मेल गराउँछ ।

के गर्नु नेपालाँ राणा पालादेखि राजा पालासम्माँ पनि सरकारले जनतालाई जुवा खेल्न छुट दिने चलनै थियो । भनौ भने दसैंको कोजाग्रतदेखि तिहारको औँसीसम्म अनवरत जुवाको जुटले काठमाडौं मात्रै नभै गाउँ गाउँ रंगिन्थ्यो । टुँडीखेल त जुवाका खालै खालले पालो आउने टुङ्गै हुन्थेन । आजभन्दा केही दशक अघिसम्म त पैसा महंगा भए पनि जुवाँ हजार हजारकादेखि लाख लाखका गड्डीले जुवाँ कपड्डी चल्थ्यो मनपरी त नभनौं ।

अहिले जमाना बदलिएको छ दशै र तिहार पनि बदलिएकै छ नब्बे प्रतिशतले मान्ने चीज नौ प्रतिशताँ झरेको छ भने नौ प्रतिशतले मान्ने नब्बे प्रतिशताँ उक्लिएको छ भन्नु पनि कसरी नभन्नु पनि कसोरी पुग्नु पनि पर्छ । दान र धर्म भनेको कर्मअनुसारको गर्नु पनि पर्छ र गराउनु पनि विदेशिलाई मनोरञ्जन गराउने नाम्माँ ठुला ठुला जुवाघरहरू खुले पनि नेपालीकै प्रवेश घेर चल्थे बाहिर साइनवोर्ड भएपछि त भैइहाल्यो नि ! भित्र हेर्न त कमिसनले निर्धारण गर्ने त होनी हैन र ? भगुवानले कानुन मान्या देशाँ ! जे होस् हाललाई ती जुवाघरहरू बन्दै भए पनि धन्दा नमान्नुस् अबको दशैं र तिहारको आगमनसँगै क्यासिनो पनि लगत्तै खुल्ने खुसियालीले देश गुञ्जायमान हुनेछ ।

त्योसँगै नयाँ नाका र नयाँ भाका पनि खुल्ने त भइहाल्छ नि । किनभने यो नेपाल हो । दसैं र तिहार हाम्रो महान् चाड हो । जुवा खेल्नु र खेलाउनु हाम्रो धर्म हो । यहाँ हाम्रो धर्म शास्त्रको कुरै गर्नु हुन्छ भने पनि हेर्नुस् त महाभारतको नलपर्वमा दुई भाइको जुवाले के गर्यो ….?

लागे बित्न बनेर सारथि त्यहाँ वाष्णेर्यजिका दिन
जूवामा नलको ति पुषकरजिले सारा जितेथे धन
हाँस्तै पुष्करले भने धन सबै हारी सक्यौ हे नल
के राख्छौ भन शेष रत्नहरूमा स्त्री छन केवल ।

तिनकै बाजि गरेर खेल यसरी ठट्टा गरेथे जब
लागी बाण समानको वचन त्यो बोल्नै सकेनन् तब
वस्त्र भूषण देहमा जति थिए सारा फुकाली दिए
यौटा वस्त्र लगाइ जान वनमा ती दम्पति निस्किए ।

रानी लिइ नल हिंडे वन जानलाई
पानी र अन्न दिन तीन बिते नखाइ
खप्तै क्षुधा अनी तृष्णा तटमा नदिको
पुग्दा रहेन बल शेष ती दम्पतिको ।

सम्झेर राज्य सुख वैभव त्यो अपार
थाले बसेर त्यही गर्न तिनी विचार
जान्दिन पाप फलि कुन जुनिको म कष्ट
भोग्दैछु यो बखतमा भइ दैव रुष्ट ।

यिनै कुराको योजनाबध्द तरिकाले हेर्नै नपर्ने गरी धेरै सम्भ्रान्त र कुलिन जुवाडेको संगताँ परेर म पनि फसेकै हो । नढांटी भनौ भने जुवाडे काजीको खान्दान मै पनि हुँ क्यारे । म दौराँ सिंगान पुछी सुरुवालाँ सु गर्ने उमेराँ मेरा बाउले कौडा खालाँ दौडाउँथे । कहिले मलाई दाँया राखेर कौडा हान्थे त कहिले बहिनीलाई दायाँ ! कहिले हजुरबाउले मेरा दाऊमा कौडा हान्थे त कहिले बाउले दाउ छोप्न मलाई बोक्थे दाउमै साहुकाँ धरौटी राख्थे । हाम्रो पुर्खाको ठुलो घुमाउने घर म सानै छँदा हुँदाखाँदा हामी यस्तै दशै तिहाराँ हजुरबाउ र बाउले जूवाकै खालाँ छाला बुझाउँदा झैं बुझाएकै हुन् । त्यत्रो पुर्खा सम्पत्ति उडाएकै हुन् । राजा नलले अन्तिम शिलकाँ भन्या झै ततपश्चात काजी खानदानवाट एकाएक सुकम्वासी खानदानाँ जूवाकै कारणले झर्यौं ।

त्यो सालको दशै तिहार हाम्रा घराँ दशा बनेर आयो सबैलाई रूवायो । जुवा खालाँ बाऊबाज्या पालाँ पुर्खा छाला गुम्यो जुवाडे कÞाजÞीका पालाँ । अहिले त जुवा खाल देख्दा पनि म ‘ठाम न ठहर बुढीको रहर’ भन्या उखान सम्झन्छु । सम्भ्रान्त परिवार उच्च खानदान पैसावाल, दलाल, उच्च पदस्थ कर्मचारी, पुलिस प्रशासनका प्रमुख, नेता, कार्यकर्ता, ब्यापारीदेखि अपारीसम्मका पैसा हुनेले खेल्ने खेल जाल झेल र जुवाडेकै मेलले नेपालको कानुनलाई छलेरै पनि ठुला ठुला खालहरू बलेकै छन हजुर आफू विदेशाँ विदेशिए पनि दशै र तिहाराँ चाहिँ त्यतै जूवाकै खालको वरिपरी परिक्रमाँ आत्म तैरिरहन्छ । मलाई लाग्छ आफू यो विदेशी भूमिअ‘ा मरेर गए पनि यो प्राण पाखेरुको हंस चाहिँ त्यतै जूवाको खालाँ जुवाडे वंशको जालाँ जाल बुनिरहन्छ । जे होस् त्यो रमाइलो दृष्यले गर्दा पनि हंस चाहिँ वंश खोज्न भन्दा पनि जुवा खालाँ अंश खोज्न आउने भयो है हजुर एक पटकको नेपाली सधैंको नेपाली भन्ने चाहिँ हुने नै भयो मेरो लागि ।

(वाग्लेले दुईवटा जुवाघर हास्यव्यङ्ग्ग र क्यासिनो नामक कथासंग्रह जुवाकै बारेमा लेखेका छन् ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दमदार दमडी

दमदार दमडी

सर्वज्ञ वाग्ले
साँढे

साँढे

सर्वज्ञ वाग्ले
नेता बन छोरा

नेता बन छोरा

सर्वज्ञ वाग्ले
मुर्ख समाज !

मुर्ख समाज !

सर्वज्ञ वाग्ले
जस्तो आफू उस्तै च्यापु

जस्तो आफू उस्तै च्यापु

सर्वज्ञ वाग्ले
0
Would love your thoughts, please comment.x
()
x