साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाली छिमेकी

Nepal Telecom ad

जाली छिमेकी तिमीले छकायौ
नाका थुनी देश निकै दुखायौ ।

लाग्यौ यहाँ जे पनि गर्छु भन्दै
यो देश विर्ता सरि पो बनायौ ।

बोली छ यौटा तर काम अर्कै
हाम्रा कुरामा किन हो करायौ ?

भाँड्यौ फकाएर मधेस हाम्रो
स्वतन्त्रता माथि खुँडा चलायौ ।

पुग्दैन स्वार्थी मनसाय तिम्रो
बेकार झुट्टा सपना सजायौ ।

थियो मितेरी शतकौँ पुरानो
दम्भी हुनाले अहिले टुटायौ ।

दुर्योधनैको छ चरित्र तिम्रो
ज्यानै लिने व्यूह खुदै रचायौ ।

स्वतन्त्र नेपाल झुकेन कैले
झुक्दैन ऐले पनि के चितायौ ?

पुरानो नैकाप, काठमाडौँ
हाल : न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x