जीवनपानीदास कदापि बन्ने छैनौं
ममता नपाएर हो वा त्रास नपाएर,
सक्रिय ज्वालामुखी भैयो खास नपाएर ।
अर्थका धारले काटिन्नन्, शब्दका टाउका,
हामी लाश बन्दैनौं तिम्रो सास नपाएर ।
आफ्नै छानामुनि छौं हामी, ओत लागेकै छौं,
दास कदापि बन्ने छैनौं, बास नपाएर ।
मृत्युलाई अँगालो हाल्ने, जिन छ हामीसँग,
ढुक्ढुकी रोकिन्न कसैको आस नपाएर ।
निरन्तर बग्ने ‘पानी’ हो, याद राख्नु यत्ति,
मर्दैन तिमीले दिएको, गाँस नपाएर ।
Subscribe
Login
0 Comments
Oldest





































