साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भ शब्दयात्राको चालिसौं गोष्ठी

Nepal Telecom ad

‘आरम्भ’, साहित्यिक शब्दयात्राको ४० औं काव्यगोष्ठी प्रमुख अतिथी नाटककार एवम् कवि अशेष मल्लको प्रमुख आतिथ्यमा सम्पन्न भयो । २०७० माघ ११ गते बहुभाषी काव्यगोष्ठीका रूपमा सम्पन्न समारोहमा आरम्भका सदश्य जीवराज बुढाथोकी रसिकलाई नेपाल सरकारको सहसचिब पदमा बढुवा हुनुभएकोमा बधाई तथा सम्मान अर्पण गरेको थियो ।
आरम्भका सदस्य सागरनिधि तिवारीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा विभिन्न स्रष्टाहरूद्वारा कविता, मुक्तक र गजल वाचन गरिएको थियो । अतिथिहरू चट्याङ मास्टर, राजेन्द्र सलभ, धनबहादुर ओली, लक्ष्मी प्रसाईंले आफ्ना रचना प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरी रचना वाचन गर्नेहरूमा प्रेम ओली, मदन कार्र्की, जीवराज बुढाथोकी रसिक, जयन्ता पोखरेल, ऋचा, पुण्य आचार्य, वामदेव शर्मा, सुमी लोहनी, दमोदर नेपाल, बुद्धि मोक्तान, कालीदास, ईश्वरी कार्की बर्षा, इन्दु अंशु, प्रभाकर पाण्डे, रामकृष्ण शर्मा, अभागी मानन्धर, कमला खनाल, जगननाथ खत्री, उर्मिला पाण्डे, विनोद सापकोटा, लक्ष्मी श्रेष्ठ, सागरनिधि तिवारी, स्मिता श्रेष्ठ, सुनिल स्पन्दन, सङ्गिता श्रेष्ठ मानन्धर, रेखा काली हुनुहुन्थ्यो ।
झण्डै तीन दर्जन स्रष्टाका सिर्जना वाचन पछि प्रमुख अतिथिले पनि आफ्नो सिर्जना सहित मन्तब्य दिनुभएको थियो । सञ्चारकर्र्मी शशी शर्मा मजगैयाले सन्चालन गर्नुभएको कार्यक्रममा समीक्षक कालीप्रसाद पोखरेल सबै कविता माथि सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा स्रष्ठा बुद्धि मोक्तान आफ्नो हालै प्रकाशित गजल सङ्ग्रहको पुस्तक तथा सिडी आरम्भका अध्यक्ष प्रेम ओली हस्तान्तरण गर्नुभएको थियो ।
-सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x