साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकामका यी मनुवाहरू

Nepal Telecom ad

रुन्छन् अनि रुवाउँछन् बेकामका मनुवाहरू
बिना अर्थ गन्गनाउँछन् बेकामका मनुवाहरू ।

बुझ्नु सुझ्नु केही छैन कुर्र्सीमै तानातान
हावामै देश चलाउँछन् बेकामका मनुवाहरू ।

बर्सेनि यहाँ रगत बग्छ यो देशको नाउँमा
हेर्छन् सबै रमाउँछन बेकामका मनुवाहरू ।

भोक भोकै रुदैछन् धेरै यी गरिब सडकमा
उता कुर्सीमा अघाउँछन् बेकामका मनुवाहरू ।

म पनि, तिमी पनि सबै गरिखाने नाउँमा
पासपोर्ट नै देखाउँछन् बेकामका मनुवाहरू !!
फुएतप्पा– ५, इलाम
हाल : इन्छन कोरिया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x