साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल लभनिष्ट पार्टी (मैयावादी)को फरेस विज्ञप्ति

Nepal Telecom ad

नेपाल लभनिष्ट पार्टी (मैयावादी)
केन्द्रीय समिति
प्रेमनगर, काठमाण्डौं ।

आदरणिय मुत्तिकामी प्रेमीप्रेमीकाहरू,
हाम्रो महान् तथा गौरवशाली पाटी नेपाल लभनिष्ट पाटी (मैयाबादी) ले सम्पूर्ण शोषित पीडित प्रेमजोडीहरूको हक र अधिकारको आवाज सयौं दिनदेखि उठाउँदै आइरहेको कुरा यहाँहरू सबैलाई बिदितै छ । संसारमा रहेका के ढुकुर के कुकुर, के मान्छे सम्पूर्ण प्राणिहरू प्रेमबिना एक सेकेन्ड पनि बाँच्न सक्दैनन् । अझ त्यसमा पनि कुखुरे बैंसमा केटाको दिलको धड्कन र कोमलाङ्गी मैयाको दिलको धड्कन एक आपसमा मिल्न पाएन भने त संसारनै बिस्फोट हुन्छ ।
जब संसारमा लभको विकास भयो तब त्यहाँ अबरोधको पनि झन विकास भयो । लभ र अवरोधको जब द्वन्द्व हुन्छ तब त्यहाँ लभको नै जित हुन्छ । यो हाम्रो पाटीको दर्शन हो । हाम्रो सिदान्त– संसारमा लभमा हुने सबैखाले अवरोधहरूको बिनास हुनुपर्छ र लभको बिकास हुनुपर्छ भन्ने रहेको छ । लभमा उत्पन्न हुने प्रतिगामी अवरोध चिर्न अब नेपालबाट एउटा लभ आन्दोलन जरुरी छ जुन आन्दोलनले प्रेम गर्दा गर्दै धोका दिने, वा बिवाह गर्न अवरोध सिर्जना गर्ने, सार्वजनिक ठाँउमा अँगालो हालेर टङ किस गर्न नदिने जस्ता तत्वहरूलाई ठूलो धक्का दिएर छक्का बनाइदिने पक्का छ ।
मुक्तिकामी प्रेमजोडीहरू,
साँच्चै लभको आँखा अन्धो हुन्छ तर लभमा अवरोध सिर्जना गर्न बाउआमाहरूका आँखा भने एकदमै तेज हुन्छन् । जसले गर्दा हामीहरूले ठूलो मानसिक तनाव खेपिरहनु परिरहेको छ । अर्कातिर गाँठवाला र दह्रो मालवाला पाएपछि केटालाई धोका दिएर बोका बनाइदिने केटीहरू पनि छन् । त्यस्तै च्वाँक–च्वाँक अरु केटीहरू भेटेपछि एकछिन अघि गाला चाटेकी मैंयालाई आँखा तर्ने र छोड्ने केटाहरू पनि छन् । यसप्रकारका महाँ पापिष्टहरूलाई कार्बाही गर्ने न नियम छ न त कानुन नै । उनीहरूलाई सजाय दिन राज्यमा प्रेम कानुनको व्यवस्था हाम्रो प्रमुख माग हो । सार्वजनिक ठाउँमा एक अर्कालाई घण्टौंसम्म किस गर्न नपाउँदा मुडनै ठिस भएर कति प्रेमी–प्रेमीकाहरू पीडित भएका छन् । सार्वजनिक ठाउँमा रोमान्स गर्ने अधिकार स्थापना गर्नु हाम्रो महान उद्धेश्य हो । वर्तमान राज्यव्यवस्था हामी प्रेमी–प्रेमिकाको बिरुद्धमा रहेकाले त्यसतर्फ बुलन्द आवाज उठाउनु आवश्यक भइसकेकाले हामी छिट्टै आन्दोलनको तयारीमा छौं । हाम्रो आन्दोलन अरुको जस्तो सडकमा टायर बालेर हैन युगल जोडी अँगालोमा बाँधिदै, चुप्पा खाँदै, कहिले चिमोट्दै, कहिले मुस्कुराउँदै सडकमा नारा घन्काउँदै शान्तिपूर्ण रुपमा हुनेछ । हाम्रो आन्दोलनका प्रमुख मागहरू यसप्रकार रहेका छन् :
– प्रेम अधिकारको सुनिश्चतताको लागि संविधान सभामा कम्तिमा दुई जोडी प्रेमी–प्रेमिकालाई सभासद मा नियुक्त गर ।
– स्कुल कलेजमा लभ सम्बन्धी पाठ्यक्रम लागू गर । साथै लभ युनिभरसिटीको व्यबस्था गर ।
– नेपालको राष्ट्रिय चाड दशैं तिहार नभएर भ्यालेन्टाईन डेलाई घोषणा गर ।
– सार्वजनिक ठाउँहरूमा लभ गर्न पार्कहरूको निर्माण तत्काल गर ।
– पे्रमी–प्रेमिकाहरूको लागि प्रेम कार्डको बितरण गरेर यातायातका साधनहरू एवम् हस्पिटल र पार्कमा ४५ प्रतिशत       डिस्काउन्टको व्यवस्था गर ।

– यदि प्रेमिका गर्भवती भए निःशुल्क एर्भसनको व्यबस्था गर ।

– धोकेबाजहरूलाई कार्बाही गर्न लभ अदालतको व्यबस्था गर ।
– प्रेमी प्रेमिकाको यौन स्वास्थ्य सुरक्षित राख्न प्रत्येक पसल–पसलमा निःशुल्क कण्डम वितरणको व्यबस्था गर ।

हाम्रा यी अत्यन्त जायज मागहरूलाई सरकारले तत्काल सम्बोधन नगरे हामी चुप लागेर बस्नेवाला छैनौं । हाम्रो शान्तिपूर्ण आन्दोलन चरणगत रुपमा एक अर्काको गालामा चुप्पा खाँदै अघि बढ्दै जाने छ । त्यसका लागि तपाई जोडीहरू अँगालोमा बाँधिएर सकेसम्म छोटा र टाईट कपडामा लास्टै सेक्सी देखिने गरी निम्न स्थानहरूमा भेला भैदिन हार्दिक अपिल गर्दछौं ।
आन्दोलन शुरु हुने स्थानहरू :

भृकुटीमण्डप, बालाजु पार्क, गोदावरी र रत्नपार्क ।
समय : बिहान भाले बासेदेखि बेलुका पोथी कर्कराउने बेलासम्म ।

लभ आन्दोलन सफल पारौं
अवरोधवादलाई तुरुन्तै मारौं ।

कामुकराज चुप्पानाथ
अध्यक्ष एवं सर्वोच्च कमान्डर
नेपाल लभनिष्ट पार्टी (मैंयावादी)
केन्द्रीय समिति, नेपाल

(दङ्गालको ब्लगबाट सुटुक्क)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x