मनु ब्राजाकीदिल्लीतिर बग्या खोला
दिल्लीतिर बग्या खोला फर्किएछ,
शत्रुताको साथी अब तर्किएछ ।
गङ्गाजल पान गर्छौं भन्नेलाई,
जमुनाको फोहरपानी छर्किएछ ।
ओरालोमा दगुरेको बल्ल था’ भयो,
गन्तव्यहीन दुवै गोडा मर्किएछ ।
प्यास लाग्दा पानी खान नजानेर,
मदिराको घुट्को अब सर्किएछ ।
नेपाली मन अझै पनि खुलानै छ,
दिल्ली बरु दिलैदेखि झर्किएछ ।
Subscribe
Login
0 Comments
Oldest





































