साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिल्लीका धाम हो दिल्ली !

Nepal Telecom ad

दिल्लीका बिल्ली ! ए सिल्ली ! उल्लीबिल्ली हुँदा पनि
लाज–घीन पचाएर, डुल्छौ सङ्कटमा खुनी ।
चिल्लीबिल्ली बिचल्लीमा, नेपाली जनता परे
नाकाबन्दी र मन्दीले, जनता मारमा परे ।।१।।

स्वास्थ्यशाला सबै ताला, ओखती छैन चाहिने
खाद्यशाला सबै काला, महँगीमा छ दाहिँने ।
उद्योग यन्त्रशाला जे, थिए ढल्दै गए यहाँ
आयोजना र निर्माण, धिप्प–धिप्प रहे जहाँ ।।२।।

पुराना र नयाँ शक्ति, पुत्लाका हुल हुन् सबै
पदको पगरी गुत्न, द्वन्द्व हल्ला हुने सधैँ ।
जनता देश बिर्सेर, प्रभुको पाउ पुज्दछन्
आआफ्ना स्वार्थका लागि, सिल्ली भै दिल्ली कुद्दछन् ।।३।।

गण्डकी र महाकाली, कोशीका अस्मिता लुटे
कालापानी कयौं भूमि, पुत्ला भै कति सुम्पिए ।
जनरक्त बहाएर, आन्दोलन कयौं भए
संझौता थल दिल्ली नै, भन्दै सिल्ली उतै गए ।।५।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x