साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दिल्ली दर्शनमा गाइएको भजन

Nepal Telecom ad

दिल्ली दर्शन गर्न भक्तजनको ताँती गयो रे हरे
मोदीसाथ बसेर बैठकहरू चल्दैछ चल्दैछ रे
मीठो कीर्तन मन्त्र वा भजन यो, जे जे भनेता पनि
जे चल्दै छ उता दुरुस्त म यता लेख्दै छु लेखूँ भनी ।

रोक्नुस् ग्यास र तेल कत्ति नदिनुस् नाका नखोल्नुस् हरि !
नेपाली जनता मरे मरिरहून् क्यै हुन्न मान्छे मरी
केरा आलु पिंडालु छिर्न दिनुहोस् बिग्रेसडेका जति
रोक्नुस् माल अरू अझै हुन दिनुस् नेपालको दुर्गति ।

तिम्रो भारतकै त हो नि लिनुहोस् हाम्रो तराई जिमी
हाम्रा मालिक भन्नु खास भगवान् मोदी तिमी हौ तिमी
हाम्रो तीर्थ तिमी प्रयाग र गया काशी सबै हौ तिमी
बाबा भारत देशका मुनि तिमी ठूला महात्मा तिमी ।

आयौं दर्शन गर्न दर्शन दिनुस् यो भक्ति पूजा लिनुस्
छुट्टै राज्य मिलोस् मधेशतिरको लौ मुख्यमन्त्री दिनुुस्
हाम्रो राज्य मिले पछाडि त अझै हामी मिलौंला अनि
कल्ले सक्छ बिरोध गर्न त्यसको सक्दैन कोही पनि ।

हे मोदी प्रभु ! हे दिलाइदिनुहोस् त्यो राज्य हाम्रो अब
आशीर्वाद दिनुस् पर्यौं चरणमा हे नाथ हे भैरव
हे मोदी भगवान् पर्यौं शरणमा यो भक्ति स्वीकार्नुहोस्
स्वामी साथ दिनुस् प्रभो हजुरले रक्षा सदा गर्नुहोस् ।

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x