मरुभूमि नारायणचर्किएका थियौ तिमी !!
तिमी मेरो ऐना थियौ हेरिराख्थें रुप आफ्नो हिजो भेट हुँदा देखें चर्किएका थियौ तिमी !!

जहाँसम्म पुर्याएर फर्किएका थियौ तिमी
त्यहीँ छु म जहाँदेखि तर्किएका थियौ तिमी !
बिदावारी हुँदाखेरि उही शब्द बोलें मैले
हो त, उही शब्द सुनी झर्किएका थियौ तिमी !
कुनै दिन खँडेरीमा मेरो छायाँतल बसी
साउनको झरी जस्तै दर्किएका थियौ तिमी !
ह्रदयको त्यै पाखोमा तिम्रो प्रतीक्षामा बस्दा
पहिरोझैं एक्कासि नै घर्किएका थियौ तिमी !
तिमी मेरो ऐना थियौ हेरिराख्थें रुप आफ्नो
हिजो भेट हुँदा देखें चर्किएका थियौ तिमी !!
०००
Subscribe
Login
0 Comments
Oldest





































