साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घ्याम्पे भुँडी घटाउने विद्यालय

टाँगा तान्ने घोडा जस्तो यिनको लक्ष भनेको पद, पैसा र सम्पत्ति मात्र हो । यिनले दायाँ बायाँ केही पनि देख्दैनन् । यस्तो घ्याम्पे भुँडीले स्वास्थ्यमा हानी पुर्याउँछ ।

Nepal Telecom ad

मान्छेको भुँडी पनि कस्ता कस्ता हुने रहेछन्, करोड पाए पनि राख्न मिल्ने, अरब पाए पनि राख्न मिल्ने ! यतिमात्र कहाँ हो र, यी घ्याम्पे भुँडीमा सिमेन्ट, जस्तापाता, पुल, कुलो, बाटो, ठूला ठूला घर र मन्दिर समेत अटाउने गरेको देखिएको छ । यिनको कुनै हसुर्ने र घिच्ने निश्चित स्थान र समय पनि हुँदैन । बस्, जतिखेर मिल्यो हसुर्यो । जता पायो,जसरी होस् हसुरेको हसुर्यै गर्छन् । अर्को महत्वपूणर् कुरा यी खन्चुवाहरूलाई लाज शरम पनि लाग्दैन । एकजोर महङ्गो कपडाले शरीर ढाकेर एउटा घुम्ने कुर्सीको आड पाएपछि पाप छोप्न नसके पनि यिनीहरूको लाज छोपिने गरेको छ ।

सर्वमान्य सिद्धान्त अनुसार टन्न खाएपछि त पेट भरिएर डकार आउनु पथ्र्यो । यसको अनुभव जो कोहीलाई पनि हुन्छ तर यिनीहरू भने जति खाए पनि तृप्त हुँदैनन् । यिनीहरूको भोक अनौठो प्रकारको छ । जति खाए पनि रुचि लागिरहने, अघाएर सितिमिति डकार नआउने । लाग्छ,जति शव जलाए पनि सन्तुष्ट नहुने, मानव लाशको इच्छा गरिरहने श्मशानघाट जस्तै । श्मशान घाटमा दिनमा सयौं लाश जलाए पनि घाट तृप्त भयो भनेर लाश जलाउने कार्य रोकिदैन ।

वाल्यकालमा हामीलाई हजुरआमाहरूले जाउलो खुवाउने समयमा भन्थे “यिनका पेटमा घ्याम्पो छ कि के हो ? जति जाउलो कोचाए पनि नभरिने” त्यस बेला पेटको घ्याम्पोको अर्थ बुझ्न कठिन लाग्थ्यो । अहिले लाग्छ, जाउलो, मकैको ठेट्ना र भुटेको भट्मास राख्ने त्यो घ्याम्पो के घ्याम्पो ? आजभोलि करौडौं, अर्बौं रकम र क्विन्टलका क्विन्टल सुन, चाँदी अटाउने घ्याम्पोहरू देख्दा हाम्रा जाउले घ्याम्पो र यी घ्याम्पोहरू बिच तुलना गर्न मनलाग्छ । हाम्रो घ्याम्पो विशुद्ध अर्गानिक पदार्थले भरिएको हुन्थ्यो भने अचेल यिनका घ्याम्पोमा अखाद्य वस्तुहरू मात्र होइन पापको भकारी समेत खाँदेर राखिएको हुन्छ । जसले स्वर्गजाने बाटोमा काँढेतार मात्र होइन सात पुस्तासम्मको उन्नति र प्रगतिको ढोकामा भोटे ताल्चा ठोकेको तथ्य यी घ्याम्पेहरूलाई फिटिक्कै थाहा हुँदैन । टाँगा तान्ने घोडा जस्तो यिनको लक्ष भनेको पद, पैसा र सम्पत्ति मात्र हो । यिनले दायाँ बायाँ केही पनि देख्दैनन् । यस्तो घ्याम्पे भुँडीले स्वास्थ्यमा हानी पुर्याउँछ । वरत्र र परत्र समेत बिगार्छ ।

हुन त सबैले भुँडी घटाउनु पर्छ । घ्याम्पे भुँडीले कसैलाई पनि फाइदा गर्दैन । अझै केही विना लगानीको व्यापार सञ्चालन गर्नेहरूले त झन घ्याम्पे भुँडी नबनाएको बेस ।

लाग्छ, यी घ्याम्पेहरूलाई कमसेकम पनि भक्ष्य र अभक्ष्य वस्तु छुट्याउन सक्ने एउटा प्राथमिक विद्यालय स्तरीय शिक्षा दिनु जरुरी हुन्छ । त्यसबाहेक त्यहाँ नैतिकता र अनैतिकता, गर्न हुने नहुने काम, बोल्न हुने नहुने भाषण जस्ता विषयलाई पनि समावेश गर्नु अनिवार्य हुन्छ । जहाँ तर मारिरहेका पुराना खेलाडीहरू र भर्खर मात्र विना लगानी व्यापार गर्न पसल खोलिसकेका र पसल खोल्ने तयारीमा रहेका केही युवाहरूलाई अनिवार्य रुपमा घ्याम्पे विद्यालयमा भर्ना गर्ने व्यवस्था मिलाउनु पर्छ । तर यस प्रकारको विद्यालय खोलिदिने कस्ले ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिब्रो

जिब्रो

चिरञ्जीवी दाहाल
ताली पर्व सधैँ आइरहोस्

ताली पर्व सधैँ आइरहोस्

चिरञ्जीवी दाहाल
धूपको धुवाँ र चुरोटको धुवाँ

धूपको धुवाँ र चुरोटको...

चिरञ्जीवी दाहाल
ज्ञानको उल्टी

ज्ञानको उल्टी

चिरञ्जीवी दाहाल
बाँच्न दिन्नन्

बाँच्न दिन्नन्

चिरञ्जीवी दाहाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x