सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तथास्तु

Nepal Telecom ad

ईश्वरलाई आफ्नो सृष्टिप्रति वितृष्णा जाग्यो । कोही आलिसान महलमा सुखसयल भोगिरहेका छन् भने कोही सडकमा सुत्न बाध्य छन् । यो दूरावस्था देखेपछि ईश्वरले नारदलाई साथमा लिएर दानकर्मको लागि पृथ्वीमा ओर्लिए ।

‘प्रभु ! मेरो पाँचतले घर छ, दस तले घर बनाउने इच्छा छ ।’– ईश्वरले यथेष्ट धनको राशि उसलाई छोडे ।

‘प्रभु ! मेरो मारुती कार पुरानो मोडेल भयो, प्राडो, पजेरो चढ्न पाऊँ ।’– ईश्वरले महँगो कार किनिदिए ।

‘प्रभु ! सहरमा मेरो जम्मा पाँच रोपनी जग्गा छ । बगैँचा, स्वीमिङ पुल, खेल मैदानको लागि जग्गा पुगेन’– ईश्वरले प्रशस्त जग्गा किनिदिए ।

‘प्रभु ! मसँग सुन पाँच किलो मात्र छ, अनाथमाथि कृपा होस् ।’– ईश्वरले एक पाथी असर्फीहरू दान दिए ।

एवम् प्रकार दान दिँदै जाँदा ईश्वरले ल्याएको पैसा र सुनको थैली रित्तो भयो ।

त्यसपछि ईश्वर भूकम्पपीडितहरूको बस्तीमा प्रस्थान गरे । उनीहरूको कारुणिक स्थिति देखेर ईश्वरलाई नरमाइलो लाग्यो, तर उनीसँग दान दिने वस्तु केही पनि बचेको थिएन । ईश्वरले लाज मान्दै भूकम्पपीडितसामु प्रकट भए । यी बेसहाराहरूले केही मागिहालेमा के दिने होला ? ईश्वरलाई सङ्कटकाल लाग्यो ।

‘प्रभु ! हामीमाथि दया होस् ।’
ईश्वरले विजय मुद्रामा जवाफ दिए– ‘तथास्तु !

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
देश

देश

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर