साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसद सचिवालयमा साहित्य

Nepal Telecom ad

सधैं राजनीतिक कचहरी हुने सांसद सचिवालयको हलमा, देशले भोगिराखेको बर्तमान परिस्थति बारे साहित्यिक भावनाहरू गुम्जिए ।

संसद सेवा दिवसको अवसरमा संसद सचिवालयद्वारा आयोजित साहित्यिक कार्यक्रममा स्रष्टाहरूले देशले भोगिरहेको तराई आन्दोलन र नाकाबन्दी बारे कविता, गीत र गजलद्वारा आफ्ना भावना जोडदार रूपमा प्रस्तत गरेका थिए ।

संसदका महासचिव मनोहर प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वरिष्ट गजलकार ज्ञानुवाकर, साहित्यकार गोपाल पराजुली, डा. दुवशु क्षेत्री, व्यङ्ग्य कवि प्रेम ओली ढकलपुरे, गजलकार जीवराज रसिक, धन बहादुर ओली, बामदेव शर्मा, इन्दु अङ्शु, ईश्वरी कार्की वर्षा, सुदेस सत्याल लगायतको सहभागिता रहेको थियो ।

कायक्रममा संसद सचिवालयका कर्मचारी बिच कविता वाचन प्रतियोगिता समेत गराइएको थियो । प्रतियोगितामा श्रीधर गेलाल, नवीन कुमार सिंह, हरि प्रसाद अधिकारी क्रमशः प्रथम, द्वितीय र त्रितीय भएका थिए । कार्यक्रमको सभापतित्व सांसद सचिवालयका वरिष्ट सहसचिव सोम बहादुर थापाले गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x