सुलसुलेअभिनवको १६६ औँ शृङ्खला
काठमाडौं, ०७२ मङ्सिर २६ । अभिनव साहित्य समाजले १६६ औ शृङ्खला सम्पन्न गरेको छ । साहित्यकार बद्रिनाथ आचार्यको ९३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बद्रीनाथ अभिनव छन्दबद्ध कविता पुरस्कार यस पटक नवकवि सुदेश सत्याललाई प्रदान गरियो । सत्याललाई रु.३००। नगद सहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो ।
स्याङ्जाको सुप्रसिद्ध कवि देविप्रसाद वनबासीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष कविगोष्ठी भएको थियो । ५० जना कविहरूले सहभागिता जनाएको उक्त गोष्ठीमा बाल प्रतिभा रमा पन्त र अन्यमा विज्ञानप्रवीण दहाल, जनार्दन अधिकारी, प्रकाश रम्घाली र सर्मिला गिरीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
शान्तराज, समीर, रुद्र अघिकारी, राधिका, सुशील, शालिग्राम, ईश्वरी आचार्य, मेनका, शिवराम, उद्धव पोखरेल, विष्णा विरही, बाजुराम, सरस्वती, पागल यात्री, किरण अर्याल, रामेश्वर श्रेष्ठ, डा.शेषराज, गीता खनाल, प्रदीपरत्न, कीर्ते, विन्दा, भावुक, संग्रौला,, सुनिता, पहाडी, जङ्गली, सीता प्याकुरेल, हेमन्त शिशिर, गफाडी, अभागी, पुन्य गौतम, मुलतिहुन, भाग्यशाली अधिकारी, निर्भीक राई, कणाद महर्षि, डिल्लीराज, बुद्धरत्न, रामचन्द्र, ब्रह्मप्रिय, उर्मिला पन्त पाण्डेय आदिले आआफ्ना रचना प्रस्तुत गरेका थिए । अतिथिहरूमा विजय चालिसे, सीतल गिरी आदि रहनुभएको थियो ।
कार्यक्रमको समीक्षा परशुराम पराशर, उदघोषण शारदा पराजुली, धन्यवाद ज्ञापन समाजका अध्यक्ष वेदमणि र सभापतित्व उपाध्यक्ष प्रकाशमणिले गर्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































