साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिक्ला कहाँ आखिर ?

Nepal Telecom ad

यो राज्यै घर हो र फेरि जनता त्यस्का जहानै भयौं
हो सर्कार पिता र देश जननी भन्दै र मान्दै रह्यौं ।
कोठा हुन घरका नि बंश रहने पार्टीहरू जे जति ।
नेतृत्वै अनि कर्मचारिहरू औ विद्वान हुन् सम्पती ।।

फूटे भाइ जहाँ गवाँर लुटियो भन्ने उखानै थियो
बा नै भ्रष्ट बने र दाजु लुटुवा सम्पत्ती क्षीणै भयो ।
हेपे दुश्मनले छिमेक अझ भो दुष्टै अझै पातकी
नाकाबन्द गरेर पर्म पँइँचो रोक्यो बन्यो घातकी ।।

जिम्मेवार तिमी पिता निरिहभै बीचल्लिमा सन्तती
पारी, मोज र भोज औ कलहमा जम्ने र रम्ने कति ? ।
नित्कृष्टै तिमि घ्रीणितै भइदिंदा दासत्व स्वीकार्दिंदा
हेप्यो भारतले नि मूर्ख अगुवा !! स्वाधीनता बिर्सिंदा ।।

जे भो आँट अझै यहाँ छ जनता ज्यूँदा र बहादुर
पर्दा लड्न र जित्न सक्दछ अझै छन् भारतीय झुर ।
सारा विश्व गुहार दिन्छ अहिले माग्दा परे आखिर
बिस्तार्वाद लदाइ भारत यहाँ टिक्ला कहाँ आखिर ? ।।

नलाङ– ७, बैरेनी, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x