शालिग्राम अर्यालटिक्ला कहाँ आखिर ?
यो राज्यै घर हो र फेरि जनता त्यस्का जहानै भयौं
हो सर्कार पिता र देश जननी भन्दै र मान्दै रह्यौं ।
कोठा हुन घरका नि बंश रहने पार्टीहरू जे जति ।
नेतृत्वै अनि कर्मचारिहरू औ विद्वान हुन् सम्पती ।।
फूटे भाइ जहाँ गवाँर लुटियो भन्ने उखानै थियो
बा नै भ्रष्ट बने र दाजु लुटुवा सम्पत्ती क्षीणै भयो ।
हेपे दुश्मनले छिमेक अझ भो दुष्टै अझै पातकी
नाकाबन्द गरेर पर्म पँइँचो रोक्यो बन्यो घातकी ।।
जिम्मेवार तिमी पिता निरिहभै बीचल्लिमा सन्तती
पारी, मोज र भोज औ कलहमा जम्ने र रम्ने कति ? ।
नित्कृष्टै तिमि घ्रीणितै भइदिंदा दासत्व स्वीकार्दिंदा
हेप्यो भारतले नि मूर्ख अगुवा !! स्वाधीनता बिर्सिंदा ।।
जे भो आँट अझै यहाँ छ जनता ज्यूँदा र बहादुर
पर्दा लड्न र जित्न सक्दछ अझै छन् भारतीय झुर ।
सारा विश्व गुहार दिन्छ अहिले माग्दा परे आखिर
बिस्तार्वाद लदाइ भारत यहाँ टिक्ला कहाँ आखिर ? ।।
नलाङ– ७, बैरेनी, धादिङ
Subscribe
Login
0 Comments
Oldest








































