साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ता चढ्ने ढलाउने

Nepal Telecom ad

मेरै राज्य महाँ हुन्छन् देश बन्द गराउने
आगोमा जिउँदै हाली साथी आफ्नै जलाउने
विकासका कुरा कोही गर्दैनन् यो बनाउने
राजनीति छ उस्तै नै सत्ता चढ्ने ढलाउने ।

सीमानामा वसेका छन् देश आफ्नै रूवाउन
नाकावन्द गरौं भन्छन् डाकी राष्ट्र थुनाउन
काटा–काट गरी शत्रु भाई−भाई विचै भयो
कित्ताकाट मधेशी र पहाडीको हुँदै गयो ।

यौटा उत्तरको डाक्छ मेरो देश त आउ ल
अर्को दक्षिणको खोज्छ मिचेर देश खाउ त
खोजेर ती पराई खै टिक्ने हामी कती दिन
स्वाभीमानी हुने कैले हामी आफै मिलीकन ।

स्वार्थै भारतको हुन्छ नेपाल अस्थिर बनाउन
चीनको पनि आफ्नै छ फ्री तिव्वत् न भनाउन
स्वार्थका वीचमा हामी च्यापिएका तरूल झैं
लुक्ने ति सर्प झैं भयौं देखी दुष्मन् गरूड नै ।

जानेर यी कुरा आऊ हात हामी समाउने
समस्या जति जे हुन्छन् हटाएर रमाउने
मधेशीले तराईमा साँध किल्ला मिलाउनु
भित्रे धेरै विदेशी ती हुन्न अन्य छिराउनु ।

कालापानी पहाडीले सगरमाथा बचाउनु
हाम्रो माटो समालेर पर्छ वस्ती बसाउनु
गरून् मिलाप नेपाली समाधान गराउन
मथेर नै दहीबाट बन्छ नौनी मिठो झन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x