साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मरिचमानको पत्र

Nepal Telecom ad

लोकतन्त्रले नमाने पनि
गणतन्त्र नमाने पनि
जनताले मानेकै हो
म एउटा राष्ट्रवादी थिए भन्ने
जनताले ठानेकै हो
म मर्दा
कसैले सलामी नदिए पनि
कसैले मलामी नदिए पनि
जनताको सलामी खाएकै हो
कसैले छेक्न खोजे पनि
जनता घाटमा आएकै हो ।

मेरो पालामा पनि
भारतले नाकाबन्द गर्दा
सिङ्गापुरबाट भए पनि
देशमा तेल ल्याएकै हो
जसरी भए पनि
जनताले तेल पाएकै हो
चाइनाबाट भए पनि
खाद्यान्न आएकै हो
काठमाडौंबासीले पकाएर
टन्न दाल भात खाएकै हो ।

यिनै नेताले
प्रजातन्त्रको लागि नाकाबन्द गरेकाथे
लोकतन्त्रको लागि नाकाबन्द गरेकाथे
तर आज फेरि
कसको लागि नाकाबन्द हुँदैछ
सबै देश बेचुवा भएपछि
यो राष्ट्रवादी
मरे पनि धुरुधुरु रूँदैछ ।

हाम्रो पालाको सबै उद्योगधन्दा
यिनैले बेची खाए
त्यत्रो चार कोषे झाडी पनि
यिनैले मिची खाए
आज देशको माटो बाँझो राखी
युवालाई विदेश धपाउँदैछन्
ओछ्यानमा पिसाव फेराएर
एकछिनको न्यानो तपाउँदैछन्
देशलाई परनिर्भर बनाएर
आज स्वावलम्बनको कुरा गर्दैछन्
यत्रो दिन नाकाबन्द हुँदा
कुन विकल्प पूरा गर्दैछन् ?

अझै पनि यिनी
दक्षिणकै आशमा बस्याछन्
भन्न गाह्रो छ हजुर
यो लोकतन्त्रमा
को को कहाँबाट पस्याछन्
सत्ता र कुर्सीको लागि
यिनले जे पनि गर्न सक्छन्
हामी जस्तो राष्ट्रवादी भए पो
जनताको लागि मर्न सक्छन्
देशमा यत्रो मानव सङ्कट हुँदा पनि
यिनी कानमा तेल हाली बस्याछन्
भन्न गाह्रो छ हजुर
यिनी कसको कसको खेलमा फस्याछन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x