साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फक्रोस्, यहाँ एकता !

Nepal Telecom ad

ताला खोल्न सबै उतैतिर गए, पाऔ न चाबी भनी ।
माला खोज्न सबै उतैतिर गए, वर्दान पाऔ भनी ।।
हाम्रा नायकका लतै गजबको, स्वामी रिझाईकन ।
भाले बन्न सकिन्छ रे मुलुकमा, भन्ने नराम्रो मन ।।१।।

सम्झौता जति टुङ्गिए विगतमा, उन्कै धरा रोजिए ।
चर्केका जति क्रान्ति विभ्रम परी, उन्कै जरा खोजिए ।।
मात्रै दासनुदास झै भइदिने, गर्दै सधैं चाकरी ।
छोरा नाति पनाति व्रित्ति सिटमा, माग्दै गर्यौ चाकरी ।।२।।

छोडी राष्ट्रिय स्वार्थ हर्सित भयौ, आफ्नै निजी स्वार्थमा ।
भाड्दै राष्ट्रिय एकता, कति जुध्यौ ? सत्ता लिने अर्थमा ।।
नेताका कमजोर पक्ष अहिले, कण्ठै भएको हुँदा ।
हेप्दै बन्द गरेर दिन्छ दनकै, बन्दै छ आँफै खुदा ।।३।।

जन्ताको मत क्यै गनेन कहिल्यै, त्यो दिल्ली दर्बारले ।
हाम्रो मौलिक धारणा दलिदिने, त्यै दिल्ली दर्बारले ।।
आउ एक बनौ भनौ अब यहाँ, चाहिन्न सम्रक्षण ।
हाम्रो देश चलाऊने हक कबै, पाउन्न है दक्षिण ।।४।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x