साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्धन अभावमै ट्राफिक जाम

Nepal Telecom ad

न त महादेव हुन्छन् न त रामहरू हुन्छन्
तैपनि यहाँ गल्लि गल्लिमा धामहरू हुन्छन्

उसको श्रृंगार भद्दा हुनुमा पनि कारण छ
कतै छोप्नैपर्ने केही नीलडामहरू हुन्छन्

यता जवाफ कुरेरै मरेका प्रेमीहरू छन्
हुलाकमा ठेगाना मेटिएका खामहरू हुन्छन्

शहर त रातभरि नै जागिरहेको हुन्छ
रातिमात्र गर्नुपर्ने विशेष कामहरू हुन्छन्

तिमी घामले पोल्छ भनेर प्याच्च नभन्नु
नपोल्ने पनि करोडौँ घामहरू हुन्छन्

यो शहरजति अनौठो केहि पनि लाग्दैन
इन्धन अभावमै ट्राफिक जामहरू हुन्छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x